शेयर कारोबार अत्यन्तै न्यून



नेपाल समाचारपत्र
काठमाडौं
जेठ महिनाको पहिलो दिन मंगलबार पुँजी बजार ४ दशमलव ३२ अंकले घटेर १ हजार ३ सय ३३ दशमलव ८५ अंक कायम भएको छ।

मंगलबारको कारोबारमा २ वटा समूहका परिसूचकबाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेको छ। उत्पादक समूहको उपसूचक २८ दशमलव १६ अंकले र व्यापारसमूहको उपसूचक ५ दशमलव ४९ अंकले बढेका छन्। सबैभन्दा धेरै होटल समूहको उपसूचक ३२ दशमलव ९५ अंकले घटेको छ।

त्यस्तै जलविद्युत् समूहको उपसूचक १३ दशमलव १४ अंकले, बीमा समूहको उपसूचक १२ दशमलव ७६ अंकले, विकास बैंक समूहको उपसूचक १० दशमलव ९६ अंकले, लघुवित्त समूहको उपसूचक ५ दशमलव ६२ अंकले घटेको छ। बैंकिङ समूह ४ दशमलव २८ अंकले, वित्त समूह १ दशमलव ३३ अंकले र अन्य समूह शून्य दशमलव ५३ अंकले घटेका छन्।

मंगलबार सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ४६ लाख ४० हजार १ सय ५ रुपियाँ बराबरको कारोबार भएको छ। सबैभन्दा बढी कमाउनेमा भने हिमालयन डिष्टलरी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन्।

त्यसैगरी, जनउत्थान सामुदायिक माइक्रोफाइनान्स विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन्। ‘क’ वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इण्डेक्स १ दशमलव १५ अंकले घटेर २ सय ८१ दशमलव शून्य ३ अंकमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्