त्यसो हुनुपर्छ



फेरि कुरा मोदी भ्रमणकै। मोदी जनकपुर आउने पक्कापक्की भएपछि जनकपुर र आसपासका क्षेत्रको सरसफाइ गर्नु÷गरिनु स्वभाविकै हो। मोदीको नागरिक अभिनन्दनका लागि मुख्य स्टेज, मुख्य सडक र चोक–चोकमा स्वागतद्वार बनाइयो। उनलाई भव्यताका साथ स्वागत सत्कार गरियो।

मोदी आए, गए। जनकपुरले त्रेतायुगपछि यसपटक काँचुली फे¥यो। तर, यसपटक कलियुगका राम बनेर मोदी आउने भएपछि जनकपुरले त्रेतायुगको झल्को दिएको छ। सरसफाइलाई निरन्तरता दिन मोदीलाई निम्तो दिन पर्दैन, धरहरालाई मात्रै होइन, यो कुरा सारा देश दुनियाँलाई थाहा छ। तर, सरसफाइ गर्ने ‘इच्छाशक्ति’ मोदीसँगै फर्किएपछि कसको के नै लाग्छ र ?

पाहुनाको स्वागत सत्कारमा जुट्ने समय पर्याप्त हुँदाहुँदै कमी–कमजोरी हुन्छ, यो त आम नेपालीका घर–घरको कहानी हो। आफ्नो स्वागत सत्कारमा मोदीले कमी–कमजोरी महसुस नगरुन् भन्ने समग्र २ नं प्रदेशबासीको अपेक्षा थियो। तर, राष्ट्रिय झण्डा तयार गर्ने समय नपुगेर हो कि, झण्डाको वास्तविकस्वरूप थाहा नभएर हो, झण्डा अर्कै देखियो।

झण्डा सिलाउन अर्डर दिने झुक्किएका हैनन्, त्यस्तो काम पक्कै पनि झण्डा सिलाउनेले ग¥या हुनुपर्छ। अनि झण्डा सिलाउने अलि बूढो पाको नै हुनुपर्छ, बुढ्यौलीका कारणले उनको आँखाले भेउ नपाएको हो कि ?

प्रतिक्रिया दिनुहोस्