कोठे अभिनन्दन कि नागरिक ?



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा झन्डै ३० घण्टा बस्ने मौका पाए। सास फेर्नै हम्मे हुने तरीकाले व्यस्त रहेका मोदीको नेपाल भ्रमण धरहराको नजरबाट फलिफाप भयो। उनको मुख हेर्न जनकपुरमा लाइन नै लाग्यो। यात्रुहरूले पनि राम्रै तरीकाले दुःख पाए यताउता जान। काठमाडौंको सभागृहमा नागरिक अभिनन्दन पनि पाएछन्, चारकोठे वन्द कोठामा।

हाम्रो सरकार पनि रमाइलो पाराको छ। शब्द छान्न नजानेको हो कि कुरा नमिलेको हो छुट्याउनै समस्या भन्या। धरहराले यसो नियालेर हेरेको त त्यहाँ बडेमानका सरकारका हाकीम, मन्त्री, कर्मचारी र धेरथोक वरिष्ठ कहिलीएका पत्रकार देखिए। नागरीक भनेको त सर्वसाधारण जनता होइन र ? अनि धरहरालाइ रिस उठ्यो र नागरीक अभिनन्दनको परिभाषा हेरेको त– ‘नागरीकको विचमा एक समारोहका विच गरीने भव्य अभिनन्दन।’

अनि यसलाइ नागरीक अभिनन्दन भन्ने की कोठे वैठक अभिनन्दन, जिज्ञासा। वरु खुल्ला मञ्चमा भव्य कार्यक्रम गरेर मोदीलाई सवैले भेट्ने अवसर मिलाएको भए भए कसैको पनि चित्त त दुख्दैन थियो नी। सरकारले सुरक्षा दिइहाल्थ्यो क्यारे। कुरो।

प्रतिक्रिया दिनुहोस्