संसारका सबैभन्दा धनी १० फुटबल खेलाडी



काठमाडौं ।  फुटबल प्रंशसकका लागि सँधै चासोको विषय हो, फुटबल खेलाडीको तलब र उनीहरुको सम्पत्ति । अझ यो चासो सरूवा बजार सुरु हुने बेला बढी हुने गरेको छ । सरुवा बजार बर्षमा दुई पटक खुल्छ, जनवरी र सिजनको अन्त्य पश्चात । अब सरुवा बजार खुल्ला हुन केही समय बाँकी छ । र यस्तै चासो फुटबल प्रशंसकहरुमा तिव्र देखिन्छ ।

किनकी सरुवा बजारले खेलाडीको भाउ मात्रै बढाउँदैन उनीहरुको तलब वृद्धी समेत गराउँछ । अहिले विश्व फुटबलमा चाइनिज क्लबहरुले ठूलो लगानी गरिरहेका छन् । ती क्लबहरुले महँगो रकम खर्चेर खेलाडी किन्ने गरेका छन्, आकर्षक तलब दिँदै आएका छन् । चाइनिज क्लबको उदयका कारण सरुवा बजारको थप चर्चा चुलिएको छ ।  यही क्रममा आज हामीले विश्वका १० धनी फुटबल खेलाडी र उनीहरुको सम्पत्तिका बारेमा चर्चा गरेका छौं ।

कसको सम्पती कती ?

१०. फ्रान्क लाम्पार्ड (८७ मिलियन डलर)

३८ बर्षिय लाम्पार्ड अमेरिकी क्लब न्यूयोर्क सिटीबाट अमेरिकन लिग खेल्छन् । यी मिड फिल्डरले आफ्नो खेल जिवन वेष्ट ह्याम युनाइटेडबाट सुरु गरेका हुन् । त्यसपछि उनी चेल्सी गए । उनी चेल्सीका सबैभन्दा राम्रा मिडफिल्डर हुन् । उनले आफ्नो क्लब करिअरमा २११ गोल गरेका छन् । उनले इंग्लल्याण्डबाट १०६ क्याम खेलेका छन् । उनको सम्पत्ति ८ करोड ७० लाख डलर रहेको छ ।

९. रोनाडिन्हो (९०. ५ मिडियन)

ब्राजिलका लिजेन्ड रोनाडिन्हो आफ्नो समयमा अट्याकिङ मिडफिल्ड र फर्वाड लाइनबाट खेल्थे । उनी अहिले स्पेनिस क्लब बार्सिलोनाका सद्भावना दूत छन् । उनले समुद्र तटबाट खेल्न थालेका थिए । १३ बर्षको उमेर पहिलो म्याच खेलका उनको टोली २३–० ले विजयी भयो र सबै गोल उनले गरेका थिए । उनले क्लबमा डेब्यू भने १९९९ मा ग्रिमिनोबाट गरेका हुन् । उनले त्यो सिजनमा ४८ खेल खेल्दै २३ गोल गरेका थिए । उनले पेरिस सेन्ट जर्मेन, बार्सिलोना, मिलान लगायतका विश्व चर्चित क्लबबाट व्यवसायिक फुटबल खेले । उनले ब्राजिलको राष्ट्रिय टोलीबाट ९७ क्याप खेल्दै ३३ गोल गरेका छन् । स्किलका बादशाहकारुपमा चिनिने उनी आफ्नो पिढीका फुटबर मध्येका उत्कृष्ट हुन् । उनीसँग अहिले ९ करोड पाँच लाख डलर सम्पत्ति छ ।

८. राउल (९३ मिलियन)

उनले स्पेनिस क्लब एथ्लेटिको मड्रिडको एकाडेमीबाट फुटबल करियर थालेका हुन् । उनले एकाडेमीमा देखाएको क्षमताका कारण उनलाई रियल मड्रिडले अनुबन्ध गर्यो । १६ बर्ष रियलमा बसेका यी फर्वाडले ७४१ खेलमा बनाएको सर्बाधिक गोल कर्ताको रेकर्ड पछि क्रिष्टियानो रोनाल्डोले तोडेका थिए । उनले स्पेनको राष्ट्रिय टोलीबाट १०२ खेल खेल्दै ४४ गोल गरेका थिए । उनीसँग हाल ९ करोड ३० लाख डलर सम्पत्ति छ ।

७. शमुएल इटो (९५ मिलियन)

क्यामरुनका ३५ बर्षिय इटो अहिले टर्कीको क्लब अन्टाल्यासार्पबाट खेल्छन् । उनी १९९७ मा रियल मड्रिडमा अनुबन्ध भए । उनले राष्ट्रिय टोलीमा २००० मा डेब्यू गरेर र ११८ क्यापमा ५६ गोल गरे । उनीसँग अहिले ९ करोड ५० लाख सम्पत्ति छ ।

६. काका (१०५ मिलियन)

ब्राजिलका लिजेन्ड ३४ बर्षिय काकाले ८ बर्षको उमेरमा खेल करियर थालदेका हुन् । उनले साओ पाओलो एफसीबाट १५ बर्ष अट्याकिङ मिडफिल्डरकोरुपमा खेले । उनले ब्राजिलको राष्ट्रिय टोलीबाट ९२ क्याप खेल्दै २९ गोल गरेका छन् । उनले रियल मड्रिड, मिलानबाट व्यवसायीक फुटबल खेले । उनी फुटबल मात्रै होइन मानविय कार्यमा संलग्न भएका कारण उत्तिकै चर्चामा छन् । उनी अहिले विश्व खाद्य कार्यक्रमका सद्भावना दुत छन् । उनीसँग १० करोड ५० लाख डलर सम्पत्ति छ ।

५. रुनी (११२ मिलियन)

३२ बर्षिय रुनी अहिले एभर्टनबाट व्यवसायिक फुटबल खेल्छन् । गत सिजनसम्म म्यानचेस्टर युनाइटेडमा रहेका उनले २५० गोल गरेका छन् । जुन म्यानचेस्टर युनाइटेडका खेलाडीले क्लबका लागि गरेको सबैभन्दा धेरै गोल हो । उनले १६ बर्षको उमेरमा एभर्टनबाटै डेब्यू गरेका थिए । उनीसँग अहिले ११ करोड २० लाख सम्पत्ति छ ।

४. जाल्टन इब्राहिमोविच (११४ मिलियन)

३६ बर्षिय स्विडेनका लिजेण्ड जाल्टन हाल अमेरिकन क्लब एलए ग्यालेक्सिमा आवद्ध छन् । उनले युभेन्टस, बार्सिलोना, मिलान, पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड लगायतका विश्वचर्चित क्लबबाट व्यवसायिक फुटबल खेलेका छन् । उनीसँग ११ करोड ४० लाख डलर सम्पत्ति छ ।

३. नेयमार (१४८ मिलियन)

नेयमारले ब्राजिलको सान्टोस क्लबबाट सानै उमेरमा करियर सुरगरेका हुन् । उनले १७ बर्षको उमेरमा सान्टोसको सिनियर टोलीबाट डेब्यू गरेका थिए । उनी २०१३ मा बार्सिलोनामा अनुबन्ध भएका थिए । जारी सिजनमा उनी बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन पिएसजीमा किर्तिमानी रकम २२२ मलियिन यूरोमा अनुबन्ध भएका छन् । उनले ब्राजिलको राष्ट्रिय टोलीबाट ८३ खेल खेल्दै ५३ गोल बढी गोल गरेका छन । २६ बर्षिय नेयमारसँग १४ करोड ८० लाख सम्पत्ति छ ।

२. मेस्सी (२१८ मिलियन)

बार्सिलोनाका स्टार लियोनल मेस्सीसँग २१ करोड ८० लाख सम्पत्ति छ । उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा २००५ मा डेब्यू गरेका थिए । उनले बार्सिलोनबाट अहिलेसम्म ९ ला लिगा, चार च्याम्यिन्स लिग, चार कोपा डेल रेको उपाधि चुमेका छन् । यस्तै उनले ५ पटक बालोन डि’ओर जितेका छन् । उनले राष्ट्रिय टोलीबाट १२३ खेल खेल्दै ६१ गोल गरेका छन् ।

१. क्रिष्टियानो रोनाल्डो (२३० मिलियन)

रियल मड्रिडका स्टार रोनाल्डोसँग २३ करोड डलर सम्पत्ति छ । उनी १८ बर्षको उमेरमा २००३ मा म्यानचेस्टर युनाइटेसँग अनुबन्ध भएका थिए । उनी २००८ मा ९४ मिलियन यूरोमा रियल मड्रिड आएका हुन् । उनले पोर्चुगलको राष्ट्रिय टिमबाट १४९ खेलमा ८१ गोल गरेका छन् । उनले रियल मड्रिडबाट ३ पटक र म्यान यु बाट १ गरी चार पटक च्याम्पियन्स लिग, २ पटक ला लिगा, २ पटक कोपा डेल रे लगायतका उपाधि जितेका छन् । उनले पाँच पटक बालोन डि’ओर समेत जितेका छन् ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्