आज सन्दिप लामिछानेले खेल्न पाउने !



काठमाडौं । बिश्व प्रसिद्ध इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत ४५ औं खेलमा आज दिल्ली डेयरडेभिल्सले नेपाली समय अनुसार राति ८ः१५ बजे  रोयल्स च्यालेन्जर बेंगलोरको सामना गर्दैछ । प्रतियोगितामा अहिले सम्म कमजोर प्रदर्सन गर्दै आएको दिल्लीले ११  खेलमा मात्र ३ खेल जित्दै ६ अङ्कका साथ अङ्क तालिकाको पुछारमा रहेको छ । भने रोयल्स च्यालेन्जर बेंगलोरको ११खेल खेलदै ३ मा जित निकाल्दै पुछार बाट दोस्रो स्थानमा रहेको  छ ।

यो समीकारण संगै दिल्लीको प्लेखफको सम्भावना समाप्त भईसकेको छ  । अक्सन मार्फत भारु २० लाखमा सन्दिप लामिछानेलाई किनेको देल्ली डेयरडेभिल्सबाट लामिछानेले अहिले सम्म कुनै पनि म्याच खेल्न पाएका छैनन् ।

बिश्वभरि आफ्नो गुग्लीको जादुको छाप छोडेका सन्दिपले आईपिएलमा आफ्नो पहिलो डेभ्यु गर्ने मौका खोजी रहेका बेला आजको खेलमा के देल्ली डेएरडेभिल्सले यी बाँया हाते लेगस्पिनरलाई मौका देलान ।

प्रतिक्रिया दिनुहोस्