भ्याली र टीआईएलाई उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
भ्याली पब्लिक र टीआईएले छैटौं एनईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्। सामाखुशीस्थित आयोजक नवजीवन एजुकेसनल एकेडेमी (एनईए)को कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ४५–४२ को साँघुरो अन्तरले पराजित ग¥यो। विजेता टोलीका लागि राहुल विकले २१ अंक योगदान गरेका थिए। त्यस्तै सिनियर गल्र्स फाइनलमा टीआईएले ग्रिनल्यान्डलाई ३०–२२ ले हरायो। विजेता टोलीकी रिन्छेन मोक्तानले १८ स्कोर गरिन्। यसैगरी जुनियर ब्वाइजको उपाधि भिडन्तमा महामञ्जुश्रीले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई ३४–१६ ले पन्छायो।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका मिलन विक, सिनियर गल्र्समा टीआईएकी रिन्छेन मोक्तान र जुनियर ब्वाइजमा महामञ्जुश्रीका अर्जुन शाही ‘मोस्ट भेलुएबल प्लेयर’ घोािषत भए। सिनियर ब्वाइजमा भ्याली पब्लिकका राहुल विक (९८ अंक), सिनियर गल्र्समा ग्रिनल्यान्डकी अरिस्का खड्का (७६ अंक) र जुनियर ब्वाइजमा ईबीएका सुनील मल्ल (४४ अंक) सर्वाधिक स्कोरकर्ता बने। सिनियर ब्वाइजमा ग्रिनल्यान्डका अनिश पाण्डे र सिनियर गल्र्समा ग्रिनल्यान्डकै प्रमिला जागरी उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए।

प्रतिक्रिया दिनुहोस्