हैरानको रोमान्स



रिलिजको तयारीमा रहेको फिल्म हैरानको लभ सङ सार्वजनिक गरिएको छ। हैरान टिमले टाइटल गीत, टिजर र ट्रेलरपछि रोमान्टिक गीत सार्वजनिक गरेको हो।

गीतमा फिल्मका मुख्य कलाकार गजित विष्ट, निश्मा घिमिरे, मोहमद वसिम राजा र आरोही शर्मालाई देखिन्छ। रमणीय दृश्यमा खिचिएको गीतमा शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ भने कोरियोग्राफी गम्भीर विष्टको रहेको छ। विश्वकै कान्छा निर्देशकका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम दर्ता गराउन सफल सौगात विष्टको निर्देशनमा बनेको फिल्म कमेडी र एक्सन जनरामा छ।


फिल्ममा गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, शिशिर भण्डारी, एन्जल राई, आरोही शर्मा, सत्यराज आचार्यलगायतले अभिनय गरेका छन्। डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाईएल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन्।

फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर विष्ट, द्वन्द्व चन्द्र पन्त, छायांकन निर्देशन नवराज उप्रेती र छायांकन निरज कँडेलको रहेको छ। फिल्म आगामी जेठ ४ गते रिलिज हुँदै छ।

प्रतिक्रिया दिनुहोस्