काशी तिवारी हत्या काण्डका प्रमुख योजनाकार माओवादी नेता सियाराम कुशवाह पक्राउ



काठमाडौं । हिन्दु युवा संघका तत्कालिन केन्द्रिय अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न रहेका रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
मेयर कुशवाहको नेतृत्वमा तिवारीको हत्या गरेको पुष्टी भएपछि उच्च अदालत बिरगन्जले गत चैत २० गते जन्मकैदको फैसला सुनाएको थियो । २०६८ साल असार १२ गते तिवारीको गोली हानी हत्या गरिएको थियो ।
मेयर कुशवाहलाई अदालतको फैसला कार्यान्वयका क्रममा पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउको पुष्टी सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले गर्नुभएको छ । डिआईजी कार्कीले भन्नुभयो – उनलाई फैसला कार्यन्वयका लागि पक्राउ गरिएको हो ।
कुशवाह नेकपा माओवादी केन्द्रबाट कटहरिया नगरपालिकामा मेयरमा चुनिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्