डी सिने अवार्डको मनोनयन सूची सार्वजनिक



आगामी जेठ १० गते राजधानीको राष्ट्रिय सभागृहमा हुने दसौं डी सिने अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गरिएको मनोनयन सूचीअनुसार यस वर्ष सर्वोत्कृष्ट फिल्म विधामा ऐश्वर्य, कृ, छक्का पञ्जा–२, मंगलम् र लिलीबिली प्रतिस्पर्धामा छन् भने यी नै फिल्मबाट दिवाकर भट्टराई, सुरेन्द्र पौडेल, दीपाश्री निरौला, नवल नेपाल र मिलन चाम्स निर्देशकको प्रतिस्पर्धामा छन्।

कुल २९ विधामा प्रदान गरिने अवार्डमा यिनै फिल्मबाट अनमोल केसी, पुष्पल खड्का र प्रदीप खड्काका साथमा संरक्षणबाट सौगात मल्ल र रातो घरबाट विल्सनविक्रम राई अभिनेता विधाको मनोनयनमा परेका छन्। अभिनेतृतर्फ पञ्चायतबाट नीता ढुंगाना, ब्ल्यान्ड रक्सबाट बेनिशा हमाल, ए मेरो हजुर–२ बाट साम्राज्ञी राज्यलक्ष्मी शाह, मंगलम्बाट शिल्पा पोखरेल र कान्छीबाट श्वेता खड्का स्पर्धामा छन्।

त्यसै गरी छक्का पञ्जा–२ बाट जितु नेपाल, २ रुपियाँबाट बुद्धि तामाङ, ए मेरो हजुर–२ बाट सलोन बस्नेत, रातो घरबाट संयम पुरी र आधा लभबाट रेमनदास श्रेष्ठ सहअभिनेता, कान्छीबाट अनु शाह, संरक्षणबाट अशिष्मा नकर्मी, छक्का पञ्जा–२ बाट वर्षा राउत, पर्वबाट माला लिम्बु र हिटलरबाट मेनुका प्रधान सहअभिनेतृ विधाको मनोनयमा छन्।

कान्छीबाट जयनन्द लामा, घामपानीबाट प्रकाश घिमिरे र पुष्कर गुरुङ, शत्रुगतेबाट हरिवंश आचार्य र तिमीसँगबाट शिशिर राणा चरित्र अभिनेता तथा आधा लभबाट मिथिला शर्मा, ब्ल्यान्ड रक्सबाट गौरी मल्ल, मंगलम्बाट मिथिला शर्मा, पञ्चायतबाट रूपा राना र राधेबाट
हिउँवाला गौतम सहअभिनेतृको मनोनयमा छन् भने रुद्रबाट विश्व शर्मा, डायरीबाट सन्नी सिंह, ए मेरो हजुर–२ बाट सलिममान बानियाँ, छक्का पञ्जा–२ बाट स्वरूपपुरुष ढकाल र लभ लभ लभबाट सुरज पाण्डे नवनायक तथा कृबाट अदिती बुढाथोकी, लिलीबिलीबाट जसिता गुरुङ, ऐश्वर्यबाट दीपिका प्रसार्इं, आधा लभबाट रोजिशा शाही ठकुरी र रुद्रबाट सारा सेर्पाइली नवनायिकाको मनोनयमा छन्।

नवनिर्देशकको विधामा २ रुपियाँबाट असिम शाह, ए मेरो हजुर–२ बाट झरना थापा, घामपानीबाट दीपेन्द्र लामा, संरक्षणबाट पूर्णेन्दु झा र तिमीसँगबाट शिशिर राणा प्रतिस्पर्धामा छन्।
आयोजक संस्था छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियका अनुसार यस वर्षदेखि डी सिने अवार्ड ईएनआई डी सिने अवार्डको रूपमा सम्पन्न हुनेछ।

अवार्डको जुरीमा लेखक तथा निर्देशक मोहन निरौला, पत्रकार तथा निर्देशक डब्बु क्षत्री, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं निर्देशक तथा सिनेमाटोग्राफर सवनम मुखिया रहेका छन्। २९ विधाका अलावा जुरी अवार्ड, क्रिटिक्स अवार्ड, इनकरेजमेन्ट अवार्ड, पब्लिक च्वाइस अवार्ड, चलचित्रकर्मी रजत सम्मान पुरुष र महिला, चलचित्र पत्रकारिता पुरस्कार, लिजेन्ड्री सम्मान पनि कार्यक्रमका अवसरमा प्रदान गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्