ट्रेलरमा हैरान



बाल निर्देशक सौगात विष्टद्वारा निर्देशित दोस्रो फिल्म हैरानको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा फिल्मको कथा प्रस्ट्याइएको छ।

आगामी जेठ ४ गते अल नेपाल रिलिजमा आउने फिल्मको ट्रेलरमा यसका सबै कलाकारलाई देखाइएको छ। विश्वकै कान्छा निर्देशकका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराइएको सौगात विष्ट निर्देशित फिल्म कमेडी र एक्सन नजरामा तयार भएको ट्रेलरबाट प्रस्ट हुन्छ। सौगातले लभ यु बाबाको निर्देशन गरी गिनिज बुकमा नाम लेखाएका थिए।

उनले अघिल्लो फिल्ममा बाबु–छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटेका छन्। फिल्ममा गजित विष्ट, मोहम्मदवसिम राजा, सागर लम्साल, निस्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, सत्यराज आचार्य, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मालगायतका कलाकार प्रमुख भूमिकामा छन्।

डान्स फेभरको ब्यानरमा मुक्ति घले, सृष्टि घिमिरे र डाक्टर वाईएल लामा निर्माता तथा सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेको फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर विस्ट, द्वन्द्व मानचन्द्र पन्त, छायांकन नवराज उप्रेती र निरज क“डेलको रहेको छ।

‘हैरानको टिजर र गीतले राम्रो रेस्पोन्स पाइरहेको छ भने सार्वजनिक टिजरलाई पनि दर्शकले रुचाउनुहुन्छ भन्ने आश छ, टिजर र ट्रेलरभन्दा फिल्म मनोरञ्जनात्मक छ।’ –कार्यक्रममा गजित विष्टले भने। त्यसै गरी निर्देशक सौगात विष्टले फिल्ममा कमेडीस“गै एक्सनसमेत भएको बताए। ‘यसपटक मलाई मेरो अंकल गम्भीर विष्टले टेक्निकल निर्देशकका रूपमा सहयोग गर्नुभएको छ। अहिलेको हाम्रो समाजमा जीवनयापनको क्रममा विविध समस्यामा पर्ने पात्रको भोगाइलाई यसमा प्रस्तुत गरिएको छ।’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्