२८ थरी नेपाली खानालाई विश्वव्यापीकरण गरिने



नेपाल समाचारपत्र
काठमाडौं
नेपालको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाली रैथाने खानाको सोमबारदेखि विश्वव्यापीकरण गरिएको छ। खाद्य प्रयोगशालामा परीक्षण भएका विभिन्न २८ थरी नेपाली मौलिक खानालाई फूड फेस्टिभलका माध्यमबाट विश्वव्यापीकरण गरिएको हो।

देशभर संकलन गरिएका २ सय खानाका परिकारमध्येबाट २८ थरी छनोट गरिएको थियो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपालमा पर्यटनको क्षेत्रमा अथाह सम्भावना रहेको बताउनु हुँदै खानाको माध्यमबाट पनि नेपालको पर्यटन प्रर्वद्धनमा ठुलो योग्दान पुग्ने बताउनुभयो। नेपालको पर्यटन क्षेत्रको विकास निजी क्षेत्रको सहयोगविना असम्भव रहेको उहाँको भनाइ छ।

मन्त्री अधिकारीले त्रिभुवन विमानस्थलको सुधार, भैरहवामा निर्माणको चरणमा रहेको तथा पोखरा र निजगढ विमानस्थलका कार्य प्रगती तिव्र रहेकाले गर्दा हाल रहेको समस्या समाधान हुँदै गएपछि नेपालको पर्यटन क्षेत्रले नयाँ उचाई लिने विश्वास लिनुभयो। यस्तै नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपाली पर्यटनमा मौलिक खानाको अभियानले नेपाली पहिचानलाई थप उजागर गरेको धारण राख्नुभयो।

उहाँले अब पर्यटन क्षेत्रको प्रवद्र्धनमा लाग्ने समय आएको बताउनुभयो। होटल एशोसिएसन अफ नेपालका अध्यक्ष अमरमान शाक्यले नेपाली बजार तथा विश्व पर्यटन बजारमा नेपाली खानालाई पु¥याउन यो अभियानले सहयोग पु¥याउने बताउनुभयो। उहाँले पर्यटनको विकासको लागि सरकारलाई पूर्वाधारमा लगानी गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाली मौलिक खाना तयार गर्ने विधि तथा रेसिपीसहितको कुक बुक तथा भिडियो सार्वजनिक गरिएको छ। नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्न गत वर्षसमिति गठन गरी छनोट गरेको थियो। कार्यदलले चुक, हिङ, जिम्बू, टिमुर, ज्वानो, मेथी र छ्यापीलाई राष्ट्रिय स्वादको रूपमा ग्रहण गर्दै १३ वटा मुख्य खाना ५ वटा सुप, ५ वटा एपेटाइजर, र ५ वटा डेर्जड (स्वीट) गरी २८ वटा नेपाली मौलिक खाना तयार गरेको छ। यसलाई क्रमशः थप्दै लैजाने मास्टर सेफ गोविन्दनरसिंह केसीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्