थापालाई सुझाव



सुन तस्करी र यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट तोड्न सरकारले पहल अघि बढाएकोमा दुईमत छैन। यो विषयमा सरकारले राम्रै अडान लिएको हो। त्यसैले यो विषयको सर्वत्र प्रशंसा पनि भइरहेको छ। सरकारलाई यति प्रशंसाले अझै पुगेन रे, थप प्रशंसा बटुल्न मुलुकलाई मदिरामुक्त बनाउने रे।

यसो विचार गर्दा ठीकै हो। घर–घरको झगडा नियन्त्रण, ग्याङ फाइट, सामाजिक विकृति विसंगति, सवारी र अन्य दुर्घटना नियन्त्रण, घरभन्दा अगावै भट्टीमा भित्रिने आम्दानी नियन्त्रण गर्न यो कदम फलदायी हुनेमा दुईमत छैन। गृहमन्त्री थापाले मदिरा नियन्त्रणमा आफू लाग्ने प्रतिबद्धता जनाएको गाइँगुईं सुनियो।

तर मन्त्रीज्यू, आफ्नो आङको जुम्रो नदेख्ने अर्काको आङको भैंसी भने झैं चाहिँ नहोस् है। संसार बदल्नु छ भने शुरूआत आफैंबाट गरौं। उहिले सशस्त्र द्वन्द्वकालमा तिम्रै सेनामेनाले गाउँघरको लोकल उत्पादन नियन्त्रणको पहल नगरेका हैनन्। मदिराका ड्रम, ग्यालिन फोडिएको, काटिएको र मदिरा खाल्डोमा पुरिएको धरहराले देखेकै हो। अनि तिम्रै सेनामेनाले खोयाबिर्केे सुटुक्क पा¥या पनि धरहराले भुल्या छैन।

त्यसैले सक्छौ भने ठूला बडाका महलका वार तोडेर देखाऊ। भीभीआईपीहरूले एक आपसमा चियर्स बन्द गर्ने हिम्मत त किन गर्छौ होला र कम्तीमा त्यस्तो तस्वीर ढाकछोप गरेर देखाऊ। आफैंले चुस्की मा¥या फोटो कहीं कतैबाट सामाजिक सञ्जालमा भाइरल नहोस् भन्नेबारेमा पनि सोच है।

प्रतिक्रिया दिनुहोस्