प्रदीप ब्रान्ड एम्बेस्डर



नायक प्रदीप खड्का ब्राडफोर्ड एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डर भएका छन्। आइतबार राजधानीमा आयोजित एक समारोहबीच पूर्व युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीको आतिथ्यमा प्रदीपलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरिएको हो।

कार्यक्रममा खड्का र बोर्डफोर्डका प्रबन्ध निर्देशक पवन विष्टले संयुक्त हस्ताक्षर गरेका थिए। पारिश्रमिकबारे खुलासा नगरे पनि उनले फिल्मबाट भन्दा राम्रो पारिश्रमिक पाएको बताए। ‘नेपालीहरू जुन देशमा गएर भए पनि शिक्षित र दक्ष बन्नुपर्छ भन्ने उद्देश्य मेरो पनि भएकाले सोही उद्देश्यअनुरूप एब्रोड एजुकेसनका लागि एक वर्षका लागि आबद्ध भएको छु।

यो वर्ष शिक्षा क्षेत्रमा पूरा समय दिएर धेरैभन्दा धेरै नेपालीलाई अस्ट्रेलिया, अमेरिकालगायत विभिन्न देशबाट उच्चशिक्षाको डिग्रीका लागि सारथी बन्नेछुु।’ –उनले भने। विदेशमा डिग्री हासिल गरे पनि नेपालीले नेपालकै लागि काम गर्नुपर्छ भन्नेमा आफूले जोड दिने पनि उनले बताए।

पूर्वखेलकुदमन्त्री केसीले नेपालीहरू अझ गुणस्तरीय शिक्षाका लागि विदेश गएर डिग्री दिनु राम्रो भएको चर्चा गरे। फिल्म र शिक्षा क्षेत्रलाई जोड्दै कलाकारहरूले शिक्षा क्षेत्रमा पनि योगदान दिन सक्छन् भनेर ब्रान्ड एम्बेस्डरमा खड्कालाई चयन गरिएको प्रबन्ध निर्देशक विष्टले बताए।

प्रतिक्रिया दिनुहोस्