उजयले मुम्बईमा जिते लिडरसिप अवार्ड



काठमाडौं, (नेस)
आउटरिच नेपालका प्रबन्ध निर्देशक उजय शाक्य मुम्बईमा आयोजना गरिएको फ्लेम अवार्डस् २०१८ मा लोकप्रिय फ्लेम लिडरसिप अवार्डद्वारा पुरस्कृत हुनु भएको छ। उनीसँगै अन्य केही ख्यातिप्राप्त कम्पनीका प्रतिष्ठित व्यक्तिहरू पनि उक्तअवार्डका विजेता बनेका छन्। सोही समूहका अन्य विजेता भारत र बंगलादेशका अग्रणी व्यापारिक घरानाका प्रतिष्ठित व्यक्ति रहेका छन्।

रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाले सन् २००६ मा यो फ्लेम अवार्डको स्थापना गरेको हो। यसको उद्देश्य भारतको ग्रामीण भेगका बजारमा बजारीकरण, प्रवद्र्धन र पहलकदमी गर्नेहरू मध्येबाट उत्कृष्टलाई प्रोत्साहित गर्न पुरस्कृत गर्नु हो। फ्लेम लिडरसिप अवार्डले बजारीकरणका लागि योगदान दिने व्यक्ति वा प्रोफेसनललाई सम्मान एवम् प्रोत्साहन गर्नका लागि यो अवार्ड प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्