साहलाई विक्यान लाइफटाइम एचिभमेन्ट अवार्ड



नेपाल समाचारपत्र
काठमाडौं
जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (विक्यान) ले इन्जिनियर गणेश साहलाई जल तथा ऊर्जाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत् विक्यान लाइफटाइम एचिभमेन्ट अवार्ड २०१७ प्रदान गरेको छ।
विक्यानको नवौं वार्षिक साधारणसभाका अवसरमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुन र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष्ँ प्राडा पुष्प कँडेलले संयुक्तरूपमा साहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्नु भएको थियो।
तत्कालीन सोभियत संघको मास्कोस्थित पिपुल्स फ्रेण्डसीप युनिभर्सिटीबाट मेकानिकल इन्जिनयरिङमा स्नातकोत्तर भएका उहाँ पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्रीसमेत हुनुहुन्छ।उक्त कार्यक्रममा नवीकरणीय ऊर्जाका क्षेत्रमा योगदान पु¥याउने विभिन्न संस्था एवम् व्यक्तिलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्