‘नयाँ पर्यटन गन्तव्यको आवश्यकता छ’



रवीन्द्र अधिकारी
मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

संसदको विकास समितिको सभापति हुँदा चर्चा कमाउनु भएका रवीन्द्र अधिकारी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ। मन्त्रीको कार्यभार सम्हालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार लगायत विमानस्थल २१ घण्टा सञ्चालन गर्नेलगायतका कार्यक्रम ल्याएर चर्चा हुनुहुन्छ। मन्त्रालयले त्रिभुवन विमानस्थलको चापलाई कमि ल्याउनको लागि साना विमानको लागि काभ्रे जिल्लामा विमानस्थलको सम्भाव्यता अध्ययन गरिरहेको छ। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी तयार गरेर एक हप्तापछि निर्माणको कामले गति लिने विश्वास लिएको छ। वर्तमान अवस्थामा नेपालको पर्यटन गतिविधिलाई सस्ंकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कसरी हेरिरहेको छ भन्ने विषयमा आधारित भएर नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गरेको कुराकानी :

पर्यटन क्षेत्रको वर्तामान अवस्थालाई कसरी हेरिरहनु भएको छ ?

अर्थतन्त्र र विकासको मुख्य आधार भनेको पर्यटन हो। कृषि, ऊर्जा पनिसँगै जोडिएर आउँछ। अहिलेको समयमा थोरै लगानीमा पनि धेरै गर्न सकिने भनेको नै पर्यटन हो। पर्यटकको आगमनसँगै देशको सबै क्षेत्रमा आर्थिक चलायमान हुन्छ भने धेरै रोजगारी सिर्जना गर्ने भनेको नै पर्यटन क्षेत्र भएकाले गर्दा सरकारले प्राथमिता दिएर समग्र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएको अवस्था छ।

अरू चिजमा जस्तै प्रतिस्पर्धा गर्ने सक्ने नभएकाले पर्यटनबाट नै देशले आर्थिक विकास सम्भव रहेको छ। हाम्रा दुई छिमेकी मुलुक चीन र भारतमा रहेको जनसंख्याको सानो भागलाई नै देशमा भित्र्याउन सकेको खण्डमा नेपालको पर्यटन क्षेत्रले ठूलो आर्थिक छलाङ मार्नेमा कुरामा दुईमत छैन। देशको आर्थिक पक्षलाई बलियो बनाउनको लागि पर्यटनलाई नै आधार बनाए पूर्वाधार विकासमा हामीले ध्यान केन्द्रित गर्नुपर्नेछ। जुन काम भइरहेको अवस्था पनि छ भने अर्काेतर्फ पर्यटनको नयाँ गन्तव्यको पहिचान गरी प्रचारप्रसारमा ध्यान केन्द्रित गर्नु पर्ने आजको अवस्था रहेको छ।

छिमेकी मूलुकका नागरिकलाई नेपालमा भित्र्याउनको लागि के काम हुँदैछ ?

चिनियाँ र भारतीय पर्यटक नेपालको पर्यटन क्षेत्रको लागि महŒवपूर्ण रहेका छन्। यसका लागि सहज वातावरणको विकासमा सरकारले काम गरिरहेको छ। आगामी दिनमा सडक हवाईलगायत कुन माध्यबाट हुन्छ, पर्यटनको विकास र विस्तारमा सरकार लागि रहनेछ। पछिल्लो तीन महिनाको डाटा हेर्दा चिनियाँ पर्यटनको संख्या धेरै देखिएको छ, यसलाई हामीले निरन्तरता दिनको लागि हाम्रा पूर्वाधार र पर्यटकीय गन्तव्यलाई पर्यटनमैत्री बनाउँदै लैजानुपर्नेछ।
नेपालमा पर्यटकको बसाई अवधि लम्ब्याउनको लागि हामीले काम गर्नुपर्नेछ भने पर्यटनको सेवा सुविधामा पनि हामीले ध्यान पु¥याउनुपर्ने बेला आएको छ। जसका लागि सरकाले नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान गरी प्रचारप्रसारमा ध्यान दिनेछ। पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै पर्यटकहरूको सुरक्षामा प्राथमिताका साथ काम गर्नको लागि गृहकार्य गरिरहेको छौंं।

पर्यटकीय गन्तव्यलाई पर्यटनमैत्री बनाउनको लागि पर्यटकको भाषामा रूपान्तरण गर्दै छौं। चिनियाँ पर्यटकको लागि चिनियाँ भाषामै व्यवसायको विज्ञापन गर्दै छौ। जस्ले गर्र्दा भाषाको माध्यमबाट पर्यटनको क्षेत्रमा कुनै असहज वातारणको विकास नहोस्। पर्यटकका गन्तव्यहरूमा चिनियाँ मध्यस्तकर्ताको विकास गर्नको लागि पनि हामीले काम गरिरहेको छौं। ताकी भाषाकै कारणले चिनियाँहरूले असहज महशुस नगर्नु भन्ने नै हो।

होटलहरूलाई पनि सोही अनुसार काम गर्ने छौं भने पर्यटन बोर्डमा चिनियाँ डेक्सको पनि स्थापना गर्दै छौं। साथै पर्यटकहरूको रुचिका क्षेत्रहरूको पनि पहिचान गरेर काम गर्ने सोचमा मन्त्रालय रहेको छ।

पछिल्लो समय चिनियाँ पर्यटकको नेपाल आगमन बढेको देखिन्छ के कति मात्रमा नेपालले चिनियाँ पर्यटक भित्र्याउन सक्ने आँकलन गर्न सक्छौं ?

हाम्रो चीनको १० देखि १२ ठाउँ हवाईको पहुँच हुने। पोखरा, लुम्बिनी विमानस्थल बन्नेपछि ५ वर्षभित्रमा १५ लाखको संख्यामा चिनियँँ पर्यटक ल्याउन सक्ने हाम्रो आँकलन रहेको छ।

भिजिट २०२० हाम्रो लक्ष्य रहेको छ। यसमा एक चौथाइ चिनियाँ पर्यटक ल्याउने र १५ लाख पर्यटक पु¥याउने लक्ष्य राखेका छौं। यस्को लागि हवाई क्षेत्रले चीनका मुख्य शहरमा नेपाललाई कुनै न कुनै रूपमा जोड्नुपर्नेछ। तातोपानी नाका खुलेसँगै केही सहज हुनेछ हाल चिनियाँ पर्यटकको नेपाल आगमनमा रुची बढिरहेको अवस्थामा हामीले त्यसलाई समात्न सक्नुपर्छ। यसो भन्दै गर्दा अरू देशको नभएको भने होइन। अबको एक वर्षमा चीनको राजधानीबाट नेपालको राजधानी जोडिनेछ। साथै युरोपका विभिन्न क्षेत्रहरूमा पनि हामीले नेपालको पर्यटन क्षेत्रको बारेमा प्रचार प्रसारमा ध्यान दिनु उत्तिकै जरुरी रहेको छ। यसको लागि हवाई माध्यमबाट सहज आगमनको लागि मन्त्रालयले काम गरिरहेको छ।

हामीले विमानस्थलको कामलाई तीव्रता दिएका छौं। साथै चिनियाँ नाकालाई खुलाएर सहज आगमनको गर्नको लागि पनि सरकाले काम गरिरहेको छ। साहासिक पदमार्गको प्रवद्र्धन गर्नको लागि काम भइरहेको छ। पर्यटक लक्षित गरेरनै क्यासिनोको विकास गरिरहेका छौं। सडक दयनीय अवस्थाले पनि पर्यटकको आगमनमा फरक पर्दै आएको छ। आगामी दिनमा यो समाधान हुँदै जानेछ। नयाँ होटल पनि आउँदै छ, हाम्रो पर्यटन क्षेत्रको सम्भावन उच्च रहेको छ, समयअनुसार हामीले दिने सेवा सुविधामा विस्तार गर्दै जानु पर्नेछ।

गुणस्तरीय पर्यटक ल्याउन, बसाई अवधि बढाउन र पर्यटकको खर्चमा वृद्धि गर्न सकेका समस्या हुँदै आएको छ। यसमा मन्त्रालयले कसरी काम गरिरहेको छ ?

पर्यटकको खर्च बढ्न नसकेको विषयमा पुनर्विचार गरेर अगाडि बढ््नुपर्ने भएको छ। छिमेकी मुलुकका पर्यटकहरू खर्च नगर्ने होइनन् त्यससका लागि खर्च गर्न क्षेत्र बनाएर खर्च गर्ने वातावरण बनाउनुपर्छ। बसाई अवधि बढाउनको लागि भने हामीले नयाँ गन्तव्यहरूको खोजी गर्नुपर्छ। सीमित गन्तव्यलाई बढाउनको लागि मन्त्रालयले गृहकार्य गरिरहेको छ।

नयाँ थप गन्तव्यको विकासको लागि सरोकारवाला निकायसँग मिलेर काम गरिरहेको छांै। नयाँ पर्यटन गन्तव्य बनाएर पूर्वाधारको विकासमा जोड दिनुपर्नेछ।प्रदेश सरकारसँग सहकार्य गरेर पूर्वाधार विकासमा लाग्नुपर्ने देखिन्छ।

नयाँ विमानस्थल निर्माण हुने क्रमसँगै हामीले विदेशी एयरलाइन्सहरूलाई आकर्षित गर्नेका लागि सरकारले के सोचिरहको छ ?

विभिन्न सात वटा स्थानबाटब पोखरामा उडान भर्ने तयारी हुँदैछ। पोखरा विमानस्थल सञ्चालनमा आएको एक वर्षमा नै हाम्रो पर्यटन क्षेत्रको अवस्थामा धेरै सुधार भएर जानेछ।

राष्ट्रिय गौरवका आयोजनाकोे अरू मन्त्रालयहरूको तुलनामा हाम्रो मन्त्रालयको आयोजनाले गति लिएको छ, साथै कामले पनि तीव्रता पाएको छ। म संसदको विकास समितिको सभापति हुँदादेखि नै यस क्षेत्रको समस्यालाई ध्यान दिँदै आएको थिए। कुल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु¥याउने लक्ष्यका साथ काम गर्नुपर्छ। अहिले सन् २०२० सम्ममा कुल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको १० प्रतिशत योग्दान पु¥याउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको छ।

नेपाल वायुसेवा निगम र नागरिक उड्डय प्राधिकरणको संस्थागत विकासका लागि मन्त्रालयले कसरी हेरिरहेको छ ?

प्राधिकरणलाई व्यावसायिक र इन्जिनियरिङ क्षेत्रका रूपमा अगाडि बढाउने हो। प्रभावकारी काम गराउने योजना बनाउने। कतिपय एयरपोर्टलाई निजी क्षेत्रलाई दिएर मोनिटरिङ गर्ने, कतिपय ठाउँमा परीक्षण गर्न दिनुपर्छ।

प्राधिकरणको क्षमताले मात्र अरू धेरै एयरपोर्ट हेन्डिल गर्न सक्दैनन्। क्यानले आफ्नो क्षमतालाई अधिकतम् प्रयोग गर्ने, माथि बढाउने साथै निजी क्षेत्रलाई पनि अगाडि बढाएर काम अगाडि बढाउनुपर्छ।

निगमको सम्बन्धमा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि गम्भीरताको साथ गृहकार्य भइरहेको छ। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको एक हप्ताभित्रमा वातावरण प्रभाव मूल्याङकको काम टुंगो लाग्ने छ। एक महिनाभित्रमा रुख कटानको काम शुरू हुनेछ। नयाँ आर्थिक वर्षबाट टेन्डरमा जानेछांै, साथै पेरीरोडको लागि सेनाले रुख कटानको काम थाल्नेछ। बारा विमानस्थल निर्माण गर्नको लागि डीपिआर निर्माणको लागि सरकारले बनाउने हो। छ सात वटा मोडल आएको अवस्था छ यसमा सरकारले सुक्ष्म ढंगबाटट अध्ययन गरी अगाडि बढ्ने छ। जापान, जर्मनी, फ्रान्स मलेसिया, भारत, चीन, कोरियालागायतबाट विमाानस्थल निर्माणको प्रस्ताव आएका छन्। साथै सरकारले हवाई यात्रुको बीमा बढाउनको लागि पनि संसदमा लगेर हाल रहेको हवाई यात्रुको बीमालाई बढाइने छ।

राष्ट्रिय गौरवका आयोजनाहरू र संस्कृतिक सम्पादाको पुनर्निर्माणको अवस्था कस्तो रहेको छ ?

हाम्रो मन्त्रालयमातहत राष्ट्रिय गौरवका आयोजना ५ वटामध्ये ३ वटाको निर्माण सन्तोषजनक रहेको छ। पशुपति विकास कोष, पोखरा विमानस्थल र लुम्बिनी विमानस्थलले कामको प्रगति राम्रो रहेको छ। विशेषगरी पोखरा विमानस्थलको कार्य तीव्र गतिमा अगाडि बढेको भ्रमणका क्रममा मैले पाए।

विगतमा भने चिनियाँ पक्षसँग विवाद भएर अगाडि बढ्न सकेको थिएन। यो समय सिमाभन्दा अगावै निर्माण सम्पन्न हुने अनुमान गरिएको छ। गौतम वुद्ध विमानस्थलको पनि निर्माण कार्य तीव्र गतिमा भइरहेको अवस्था छ। बारा विमानस्थलको मोडालिटी प्रष्ट भएपछि निर्माणको काम अगाडि बढ्छ। कस्तो मोडालिटी बनाउने हो यसले निर्माणको समय निर्धारण गर्छ।

प्रतिक्रिया दिनुहोस्