पूर्णिमाको हिरोज्



पूर्णिमा लामाले निर्माण गरेको हिरोज् फिल्म आगामी शुक्रबार रिलिजमा ल्याउने तयारी गरिएको छ।

एक्सन, लभ, कमेडी तथा सम्वेदनाले भरिएकोे भनिएको फिल्म द्वन्द्व निर्देशक एनबी महर्जनको निर्देशनमा बनेको छ। फिल्ममा करिश्मा मानन्धर, जयकिशन बस्नेत, मुकेश ढकाल, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

जय लक्ष्मी फिल्म्स्को ब्यानरमा बनेको फिल्म राजनीति विकृति, बेरोजगारी, चेलीबेटी बेच–विखन तथा सडक बालबालिकाको विषयमा बनेको छ। लक्ष्मी लामाको प्रस्तुत रहेको फिल्मको निर्मातामा शेखर लामा, युवराज लामा र संजोग राणा छन्। कमल राई, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म शिव ढकाल र रामशरण उप्रेतीले खिचेका हुन्।

निर्मात्रीका रूपमा समेत आफू सफल हुने विश्वास पूर्णिमाको छ। पूर्णिमा अभिनिी रेलिमाइ र नेप्टे दर्शकमाझ आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्