ज्यानै लुट्ने रोमान्स



सञ्चारकर्मी सूर्य चन्दको निर्देशनमा गायक सञ्जीव बस्नेतको बुट्टे चोलीमा बोलको गीतको रोमाञ्चकारी म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

नवगायक बस्नेतको ठोक्किएछ यो मेरो मन बुट्टे चोलीमा, जादु रैछ ज्यानै लुट्ने तिम्रो बोलीमा म्युजिक भिडियोसहित गीत सार्वजनिक गरिएको हो। सेलो बिटमा रहेको गीतमा विनोद बन्जाराको शब्द तथा रमेश श्रेष्ठको संगीत रहेको छ। यसको म्युजिक भिडियोमा कोरियोग्राफर राजन शाहीले कोरियोग्राफी गरेका छन् भने सोहन मानन्धरले छायांकन तथा सम्पादन गरेका छन्।

दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल सञ्जयराज विक्रम, विपना श्रेष्ठ, सुष्मा कार्की, गायक सञ्जीव बस्नेत र सूर्य चन्दले रोमान्स गरेको यस म्युजिक भिडियोलाई बुढासुब्बा म्युजिकले युट्युब च्यानलमार्पmत सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्