भारतको नेसनल अवार्ड विवादमा



बिहीबार सम्पन्न भारतको ६५अँैं राष्ट्रिय अवार्ड समारोह पहिलोपटक विवादित बन्न पुगेको छ। जसका कारण दिल्लीस्थितथ विज्ञान भवनमा आयोजित समारोहमा ६८ अवार्ड विजेताले अवार्ड लिन अस्वीकार गरे।

विभिन्न क्षेत्रका लागि दिइने अवार्डमा १ सय ३१ विजेतामध्ये केवल १२ जनालाई मात्र राष्ट्रपति रामनाथ कोविंदले अवार्ड प्रदान गरेको र बाँकीलाई सूचना तथा प्रसारणमन्त्री स्मृती ईरानीले अवार्ड दिने कार्यक्रम राखिएका कारण लगभग आधा संख्याका अवार्ड विजेता कार्यक्रममै सहभागी भएनन्।

भारतीय सञ्चार माध्यममा जनाइएअनुसार अवार्डको अघिल्लो दिन जब अवार्ड विजेता रिहर्सलको लागि विज्ञान भवन पुगे, उनीहरूले अवार्ड समारोहमा राष्ट्रपति केवल १ घण्टाका लागि आउनेछन् र १२ जनालाई आफ्नो हातले अवार्ड दिनेछन् भन्ने कुरा थाहा पाए। यसप्रति असन्तुष्टि व्यक्त गर्दै ६६ जना विजेताले समारोह निर्देशनालय र राष्ट्रपति कार्यालयलाई एक चिठी लेखेको समाचारमा उल्लेख छ। यसप्रति कुनै प्रतिक्रिया नपाएपछि समारोह नै बहिस्कार गरेको समाचारमा बताइएको छ।

खबरअनुसार राष्ट्रपतिद्वारा जारी बयानमा राष्ट्रपतिले सबै विजेतालाई अवार्ड वितरण गर्न सम्भव नभएकाले बाँकी अवार्ड केन्द्रीय मन्त्री, केन्द्रीय राज्यमन्त्री र सूचना तथा प्रसारण सचिव नरेन्द्रबाट दिने भनिएको थियो।

समारोहमा उत्कृष्ट अभिनेताको पुरस्कार अभिनेता अजित कुमारले पाए भने अभिनेत्रीको अवार्ड भारतकी पहिलो महिला सुपरस्टार स्व. श्रीदेवीलाई फिल्म ममको लागि घोेषणा गरिएको थियो। श्रीदेवीको अवार्ड ग्रहण गर्नका उनका पति बोनी कपुर, २ छोरी जान्वी कपुर र खुसी कपुरका साथ समारोहमा पुगेका थिए। जान्वीले श्रीदेवीको साडी लगाएकी थिइन्, जसमा उनी हुबहु श्रीदेवीजस्तै देखिएको समाचारमा जनाइएको छ।

त्यस्तै उत्कृष्ट फिल्म भिलेज रकस्टार, निर्देशक जयराज, क्षेत्रीय फिल्म न्युटन सावित भएको थियो। डकुमेन्ट्री फिल्मका विजेता आरसी सुरेशले आफूहरूलाई आएको चिठीमा राष्ट्रपतिको हातबाट अवार्ड दिने र पछिल्लो ६४ वर्षदेखि नै यस्तै चलन रहेको भने पनि वास्तविकता अर्कै भएकाले आफूहरूप्रति धोका भएको बताए।

प्रतिक्रिया दिनुहोस्