प्रियसी सार्वजनिक



मेरी प्रियसीलाई बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। संगीतकार मधुकर लोहनीको शब्द र संगीत रहेको गीतमा गायक मनोज राईले स्वर दिएका छन्। सुरेन्द्रमान सिंह र केदार उप्रेतीले संयुक्तरूपमा निर्देशन गरेको म्युजिक भिडियोलाई निर्देशक सुरेन्द्रले खिचेका छन्।

अमेरिकाको कोलोराडो शहरको विभिन्न रमणीयस्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा नवराज श्रेष्ठ, नायिका विनीता बराल, अमेरिकन मोडल एलिक्स र केदार उप्रेतीले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्