दीपशिखाको प्रेमलीला



नायिका दीपशिखा खड्का प्रेमलीला रच्दै छिन्। उनले दुबईमा बस्दै आएका भारतीय मोडल अली खानका साथ प्रेमलीला रचेकी हुन्। उनको यो प्रेमलीला आधा हिन्दी र आधा नेपाली भाषामा सुटिङ भइरहेको फिल्म हो।
जसमा दीपशिखाले अलीका साथ जोडी बाँधेकी छिन्। नेपाल र भारतसँग जोडिएको फिल्ममा अली भारतीय युवाको भूमिकामा छन्। फिल्मलाई कथाको मागअनुसार हिन्दी र नेपालीमा खिचिएको दीपशिखाले बताइन्।

यसको एउटा पूरै गीत हिन्दी भाषामा रहेको छ। जाने क्या हुवा बोलको यो गीत रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्। यो गीत बलिउड गायक राजा हसनले गाएका छन्। फिल्मको निर्देशन जनक पाण्डेले गरिरहेका छन्।


पैmजी फिल्म्स प्रालिको ब्यानरमा दीपशिखा खड्काले निर्माण गरिरहेको फिल्मको केही भाग मुम्बईमा पनि सुटिङ गरिने बताइएको छ। फिल्मका नायक अली खानले आफूले पहिलोपल्ट नेपाली फिल्ममा अभिनय गर्न पाउँदा निकै खुसी लागेको बताए। फिल्मको कथाअनुसार हिन्दी बोल्न सक्ने पात्रलाई न्याय दिलाउन अलीलाई खेलाइएको नायिका तथा निर्मात्री खड्काले बताइन्।

प्रेमकथाको यो फिल्ममा महेश खड्का, नवीन कार्की र रविराज शाहको संगीत रहेको छ भने राजा हसन, राजेश पायल राई र शोभा पाण्डेको स्वर रहेको छ। प्र≈लाद खरेलको मुख्य सहायक निर्देशन रहेको फिल्ममा दीपशिखा र अलीका साथमा सुरज तमु, रेखा शाहलगायतका कलाकार मुख्य भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस्