भारतमा १२० किमी प्रति घण्टाको आँधी आउँदा ८१ जनाको मृत्यु, ज्यान जानेको क्रम जारी



भारतको राजस्थान र उत्तर प्रदेशमा बुधबार आएको आँधीले निक्कै नोक्सानी पुर्याएको छ । पछिल्लो २४ घण्टामा राजस्थानमा ३६ जना र उत्तर प्रदेशमा ४५ जनाको मृत्यु भएको छ । १४० भन्दा बढी मानिसहरुको घाइते भएका छन् । आँधी २० किमी प्रतिघण्टाको गतिमा आएको थियो । आँधीको कारण कयैन रुख र बिजुलीका पोलहरु लडेका छन् । कयैन स्थानमा सडक र रेलमार्गमै रुख र बिजुलीको पोल लडेकाले यातायात व्यवस्था ठप्प भएको छ ।

विपद व्यवस्थापनमा कार्यरत हेमन्तकुमार गेराले भने “राजस्थानका ३ जिल्लाहरु बढी प्रभावित भएका छन् । यसमा भरतपुर, धौलापुर र अलवर सबैभन्दा बढी प्रभावित रहेका छन् । भरतपुरमा १२, धौलपुरमा १० र अलवरमा ४ जनको मृत्यु भएको छ । त्यहाँ १०० जना घाइते भएका छन् ।”

बीकानेरमा ३८ किमी प्रतिघण्टाको गतिमा आँधी आएको थियो । यो दौरानमा ५०० मिटर भिजिविलिटी थियो । त्यसबेला ४५ डिग्री सेल्सियस रहेको तापक्रम घटेर ३५ डिग्री सेल्सियसमा पुगेको थियो । जयपुरमा १८ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएको थियो । त्यहाँ आँधीको कारण तापक्रम ८ डिग्री सेल्सियस कम भएको थियो ।

अर्कोतर्फ बुधबारको विपदपछि जैसलमेर र कोटाको तापक्रम सबैभन्दा बढी रह्यो । यहाँ ४५ डिग्री तापक्रम रेकर्ड गरिएको थियो । उता पिलानीमा २३।७ मिलीमिटर वर्षा रेकर्ड गरियो । राजस्थानकी मुख्यमन्त्री वसुन्धारा राजे सिंधियाले प्रकोपमा परेर मरेका मानिसहरुप्रति शोक व्यक्त गरेकी छिन् । साथै उनले आवश्यक मद्धतका लागि सार्बजनिक आह्वान गरेकी छिन् । त्यस्तै प्रकोपबाट धेरैको मृत्यु भएपछि काङ्ग्रेस महासचिव अशोक गहलोतले आफ्नो जन्मदिनको कार्यक्रम समेत रद्ध गरेका छन् ।

भारतको उत्तर प्रदेशमा तीब्र गतिमा आएको आँधी र वर्षाका करण ४५ जनाको ज्यान गएको छ । आँधीबाट आगरा सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ३६ मानिसको ज्यान गएको थियो । ३८ मानिसहरु घाइते भएका छन् । स्थानीय अधिकारीहरुले सबै प्रभावित क्षेत्रमा राहत र बचाउ कार्यक्रम पुर्याउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले मृत्यु भएका मानिसहरुको परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार अनुदान दिने घोषणा समेत गरेका छन् ।

भारतको राजधानी दिल्ली वरिपरि पनि चक्रवाती हावाका कारण बुधबार साँझ मौसम अचानक बदलिएको थियो । दिनभरी चर्को घाम लागेपछि साँझ ५ बजे ६० किमि प्रति घण्टाको गतिमा तीब्र हावा चल्यो । केही समयपछि ठूलो वर्षा भएको थियो । यसका कारण फिरोजशाह कोटला मैदानमा दिल्ली डेयरडेविल्स र राजस्थान रोयल्सबीचको खेल ढिलो गरि शुरु भएको थियो ।

साथै आँधी र वर्षाको कारण दिल्लीको अधिकतम तापक्रम ३८।३ बाट झरेर २०।४ डिग्री सेल्सियस भएको थियो । सोही कारण करिब २६ स्थानमा रुख र पर्खालहरु लडेको सूचना आएको छ । यसको दौरान कयैन स्थानमा ट्राफिक जाम समेत भएको थियो ।

धेरै जसो मरभूमिहरु भू–मध्य रेखाको नजिक रहेका छन् । यो क्षेत्रमा वायुमण्डलको दबाब निक्कै धेरै रहन्छ । यो दबाबले उचाईमा रहेको सुख्खा हावालाई जमिनसम्म ल्याउँछ । यो दौरानमा सूर्यको सिधा किरणले हावामा रहेको पानीलाई नष्ट गरिदिन्छ । यसले हावा निक्कै तातो हुन्छ । यही कारण वर्षा हुन पाउँदैन र जमिन सुख्खा र तातो हुन्छ । जमिन तातेपछि पानीको अभावको कारणले धूलोको कणहरु आपसमा जोडिन सक्दैनन् । यस्तोमा धूलो हावासँग सजिलै माथि उड्छ ।

हावाको गति ४० किमि प्रति घण्टाभन्दा धेरै हुँदा धूलो कणले आँधीको रुप लिन्छ । आँधीसँगै धूलाको कण १० देखि ५० फिटसम्म माथि उड्न थाल्छ । कहिले त यो त्यो भन्दा पनि उचाईमा पुग्छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्