साढे ३३ किलो सुन प्रकरणः अदालतमा अभियुक्तको बयान सुरु



नेपाल समाचारपत्र, काठमाडौं ।
साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका अभियुक्तको बिहीबारबाट बयान सुरु भएको छ ।

जिल्ला अदालत, मोरङको ६ नं. इजलासमा उनीहरुको बयान सुरु भएको मोरङ प्रहरीले जानकारी दिएको छ । जिल्ला न्यायधिश नारायण प्रसाद शर्माको इजलासमा परेको छ ।

यस्तै नियन्त्रणमा रहेका प्रहरी अधिकारीहरु मध्ये सई बालकृष्ण सञ्जेल र एयरलान्सका कर्मचारी मध्ये राजु महर्जनलाई समेत कर्तव्य ज्यानको मुद्दा लगाइएको छ ।

साथै बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानमा मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्