शंकाको घेरामा पार्टी एकता, ओली–प्रचण्डबीच भएको वार्ता निष्कर्षविहीन



नेपाल समाचारपत्र, काठमाडौँ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकताका विषयमा बिहिबार एक घन्टा लामो छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टी एकताको विषयमा सकेसम्म छिटो टुगों लगाउन विषेश वार्ता भएको बताइएको छ ।

गत वैशाख ९ गते हुने भनिएको एकता हुन नसकेपछि ओली र दाहालबीच पाँचपटक निरन्तर छलफल भइसकेको छ। दुई दलबीच एकीकृत पार्टीमा हिस्सेदारी, चुनाव चिह्न र जनयुद्ध शब्दका विषय टुंगिन बाँकी रहेको भनिएको छ । तर, पछिल्ला केहि दिनहरुमा पार्टी एकताका विषयमा शंका उत्पन्न भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्