सार्वजनिक विदा कटौतीमा ठुलो बहसः प्रचण्ड असन्तुष्ट, गृहमन्त्री बादलको फरक मत, प्रम ओलीको ‘नो रेस्पोन्स’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक बिदा कटौतिको विषयलाई लिएर प्रधानमनत्री केपी शर्मा ओलीसँग असन्तुष्ट व्यक्त गरेका छन् ।

विदा पुनरावलोकनको पहल गरिदिन आग्रह गर्दै बिहीबार खुमलटार पुगेका आदिवासी जनजाति नेताहरुसँग कुरा गर्दै प्रचण्डले आफुसँग विदा कटौटि सम्बन्धी कुनै सल्लाह नै नभएको बताएका हुन ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रचण्डले प्रचण्डले कटौति भएका सार्वजनिक बिदा पुनरावलोकन गर्न प्रधानमन्त्री ओलीसँग कुरा गर्ने बताए । आदिवासी जनजाति समुदायसँग छलफल नगरी विदा कटौती गर्दा समस्या आएको भन्दै प्रचण्डले यस विषयमा आफुहरुसँग समेत सल्लाह नभएको बताए ।

आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुसँगको भेटमा प्रचण्डले समुदायसँग छलफल नगरी विदा कटौती गर्दा समस्या आएको भन्दै पुनरावलोकनको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रचण्डले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको बिषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने र अहिले दिइरहेको बिदा कटौती गर्ने भन्ने छलफल भएको बिषय नभएको बताएका हुन् । उनले भने ‘बिदाको पक्षमा भने तपाईंहरुलाई मेरो पुर्ण सहयोग हुन्छ ।’

आदिवासी जनजातिका नेताहरुलेले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धी भएको भन्दै सरकारले कुनै सल्लाहबिना नै बिदा कटौति गर्नु गलत भएको बताए ।

तर यता भने माओवादी केन्द्रकै महासचिवसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलले विदा कटौती सही भएको बताएका छन् । त्यसै भेटमा आदिवासी नेताहरुलाई बादलले कामको समय थप नगरेसम्म समृद्धि हासील गर्न नसकिने जवाफ व्यक्त गरे ।

बादलले यस वर्षको सार्वजनिक विदाबारे सरकारले उचित निर्णय गरिसकेको हुनाले परिर्वतन सम्भव नभएको बताएका छन् ।

तर, यहि कुरा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उठाउन खोज्दा ओलीले आँफुहरुलाई भेट नै नदिएको आदिवासी जनजातिका प्रतिनिधिहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्