शिक्षक अभावका कारण बिद्यालय बन्द



कृष्णउदास खनाल, वीरगन्ज ।
अहिले मुलुकभर विद्यार्थी भर्ना अभियान चलिरहेको भएपनि बेला पर्साको कालिकामार्ई गाउँपालिका वडा न. २ गदियानीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भौतिक संरचना भएर पनि बिदालय संचालनमा भने आउन नसेको छैन ।

पर्सामा विद्यार्थी भर्ना अभियान चलिरहेको बेला जिल्लाकै एक विद्यालयमा संरचना रहे पनि संचालनमा नआएको कारण स्थानीय दर्जनौँ बालबालिका बिदालय जानबाट बंचित भएका छन् । सो वडामा रहेको एउटै विद्यालय बन्द हुँदा विद्यालय जाने बालबालिका घरै बस्न बाध्य बनेको र उनीहरूको भविष्य अन्धारमा परेको स्थानीय सेयरा खातुनले बताइन् ।उक्त गाउँबाट अर्को विद्यालय दुई किलोमिटर टाढाको अर्को गाउँमा छ । तर, आफ्नो गाउँको विद्यालय बन्द भएकोले उनीहरू त्यहाँसम्म जान मान्दैनन् । विद्यालय संचालन भएको बेला करिब १ सय ५० बालबालिका उक्त स्कुलमा अध्ययन गर्थे अहिले विद्यालय बन्द भएपछि केहि अर्को गाउँमा रहेको विद्यालयमा गएर अध्ययन गर्न बाध्य बनेका छन् भने केहिले पढाई नै छाडी घर बसेको खातुनले जानकारी दिइन् ।

विद्यालय गोठमा परिणत हुँदा पनि स्कुल संचालन गर्नेतर्फ राज्यका निकायको ध्यान नपुग्नु दुःखको कुरा भएको स्थानीयले बताएका छन् ।विद्यालयका प्रधानाध्यापक मनोज कुशवाहाले नजिकैको सुकई साह माध्यमिक विद्यालय भेडिहारीमा आफ्नो काज सरुवा गराएपछि विद्यालय बन्द भएको स्थानीयहरूको भनाई रहेको छ ।

स्थानीयद्वारा विद्यालय संचालनको लागि धेरैपटक जिल्ला शिक्षा कार्यालय पर्सामा पहल भए पनि विद्यालय संचालन हुन नसकेको बताए ।शिक्षक अभावका कारण बिद्यालय बन्द भएको स्थानीय सामाजिक अगुवा छठु साहले जानकारीले दिए ।

प्रतिक्रिया दिनुहोस्