प्रकृति र प्राप्तीलाई उपाधि



९ वर्षीया प्रकृति भट्टराई र १३ वर्षीया प्राप्ती थापाले किड्स क्यापिटल–२०१८ को उपाधि जितेका छन्। राजधानीमा सम्पन्न प्रतियोगितामा प्रनिशा भट्टराई र प्राजु तामाङ फस्ट तथा डेनियल प्रधान र मायेशा शर्मा सेकेन्ड रसर्नअप भएका छन् भने सर्वाणी चौलागाईं र स्तुति श्रेष्ठ थर्ड रनर्सअपको भएका छन्।

टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्स्ले आयोजना गरेको प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत ४५ जना बालबालिकाले स्पर्धा गरेका थिए।

अभिनेता एसराज गराचद्वारा कोरियोग्राफी गरिएको प्रतियोगितामा रिभा मानन्धरले पब्लिक च्वाइस अवार्ड जितेकी थिइन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा निर्भानलाल मास्के र प्राप्ति थापा मस्ट पपुलर, प्रिन्सलजंग थापा र स्तुति श्रेष्ठ मस्ट पपुलर अन इन्टरनेट, डेनियल प्रधान बेस्ट एक्टर, अर्शिना भट्टराई र प्राप्ति थापा मस्ट ट्यालेन्टेड भएका थिए।

प्रतियोगितामा उषा खड्गी, पुनम क्षत्री गौतम, ज्योत्सना योगी, सुव्रतराज आचार्य, रुस्का वैद्य, दिक्पाल कार्की, अक्षयजंग रायमाझी तथा रोशन कुमार निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्