शिल्पासँगै बग्ने खोला



लोकदोहोरीबाट गायन यात्रा शुरू गरेकी गायिका भावना आचार्यले पहिलोपटक बग्ने खोला बगी गो बोलको लोकपप गीत दर्शक–स्रोतामाझ पस्किएकी छिन्। भावनाले नै निर्माण गरेको गीतमा चर्चित गायक रामचन्द्र काफ्लेले उनलाई गायनमा साथ दिएका छन्।

स्थापित संगीतकार दीपक शर्माको शब्द र संगीत रहेकोे गीतको भिडियोमा नायिका शिल्पा पोखरेलका साथ मोडल तथा अभिनेता दीपक ढकाललाई प्रस्तुत गरिएको छ। देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका छन्। साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेको भिडियोमा प्रेमभाव प्रकट गरिएको छ। संगीतकार दीपके यस गीतमा नेपालमा बोलिने मौलिक भाषा र भाकालाई नवीन शैलीमा प्रस्तुत गरिएको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्