साढे ३३ किलो सुन तस्करी : ७ प्रहरी उच्च अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न ६३ जनाविरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । छानविनका लागि हिरासतमा रहेका २८ र अन्य ३५ फरार अभियुक्तविरुद्ध मुद्दा दर्ता भएको मोरङ जिल्ला अदालतले जनाएको छ । कर्तव्य ज्यान र संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

७ प्रहरी अधिकारी 

बुधबार मोरङमा बयान दिन पुगेका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीलाई पक्राउ गर्दै उनीसहित पूर्वडीआईजी गोविन्द निरौला, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव उपरीक्षकद्वय प्रजित केसी, सञ्जय राउत, प्रहरी नायव निरीक्षक बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्का विरुद्ध संगठित अपराध सम्बन्धी मुद्दा दर्ता भएको अदालत प्रशासनले जनाएको छ ।

विमानस्थलका कर्मचारीहरू

लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङ, मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, मोहन घिमिरे

सुन प्रकरण र शाक्य हत्याका मुख्य अभियुक्त गोरे उपनामले चिनिने चुडामणि उप्रेतीसहित अन्य ३५ फरार अभियुक्तलाई पनि मुद्दा लगाइएको छ । उनीहरूलाई पक्राउ गर्नका लागि इन्टरपोलमा समेत सूचना दिइसकीएको छ ।

गृह मन्त्रालयका सह–सचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित छानविन समितिले उनीहरूको बयान लिएको थियो । सबैको बयान सुनेपछि समितिले दोषी ठहर गर्दै मुद्दा दर्ता गराएको हो ।

प्रतिक्रिया दिनुहोस्