विदुरमा एकहप्तादेखि सडकको हरिविजोक



नेपाल समाचारपत्र, काठमाडौँ ।
नुवाकोटको सदरमुकाम विदुरको मैथली व्यारेक नजिकैको मुख्य सडक विगत एक हप्तादेखि हरिविजोक भएको छ ।

सडक हिलाम्मे हुँदा विशेष गरि पैदल यात्रुहरु मर्कामा परेका छन । तेस्रो साना शहरी खानेपानी सरसफाइ आयोजना र सिको कालिका तुँदी जेफी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको यस सडकको हरिविजोकले विदुर नगरपालिकाको खिल्ली उडाइरहेको छ । सदरमुकाममा रहेको सडकको नै यस्तो नाजुक अवस्था छ भने अन्यको अवस्था के होला । नुवाकोटको सबै सडकमार्गहरुको प्रतिनिधित्व गरेको छ । जिल्लामा रहेका अधिकांश सडकहरुको अवस्था नाजुक रहेको यस्ले प्रष्ट पारेको छ ।

नुवाकोटको सदरमुकाम र त्यो पनि केन्द्र मानिने सडकमा यस्तो अवस्था स्थानिय रमेश केशीले प्रश्न गरे । जिल्लाको मुख्य ब्यापारिक केन्द्रमा रहेको सडकको त यस्तो हालत छ भने अन्यसडकको अवस्था कस्तो होला पैदल यात्री रमेह श्रेष्ठले भने ।

सामान्य बर्षामा समेत पैदल यात्रु हिँड्न असहज भएको यस सडकमा एक ट्रिपर माटो ल्याएर राख्न कसैले सकेको छैन । सडकको अवस्था नाजुक रहेपनि नगरपालिका भने मौन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्