उपमेयर नै श्रीमानको कुटपिटबाट घाइते



ललितपुर । अरुलाई न्याय दिलाउने न्यायिक समितिका संयोजक तथा उपमेयर नै श्रीमानको कुटपिटबाट घाइते भएकी छन् ।

ललितपुरको गोदावरी नगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक मुना अधिकारी श्रीमान धुव्र कुँवरको कुटपिटबाट घाइते भएकी हुन् ।

श्रीमती कुटपिट गर्ने कुँवरलाई मंगलबार राती साढे १० बजेको समयमा महानगरी प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको जानकारी दिएको छ । श्रीमानको कुटपिटबाट घाइते अधिकारीको आँखा लगायत शरीरका विभिन्न भागमा निलडाम रहेका छन् ।

श्रीमती कुटपिट गरेको आरोपमा पक्राउ परेका ५० वर्षीय कुँवरलाई अहिले महानगरीय प्रहरी परिसर जाउलाखेलमा उपस्थित गराउन लागिएको सातदोबाटो प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते उपमेयर अधिकारी कुटपिट गर्ने श्रीमान विरुद्ध उजुरी गर्न अहिले महानगरीय प्रहरी परिसर जाउलाखेलमा गएको बताइएको छ । मुना स्थानीय निर्वाचनमा कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्