शुभकामना



सुदर्शन थापा

ईश्वर कहिल्यै अल्प हुँदैन
जे टुट्ने गर्छ त्यो संकल्प हुँदैन
हारलाई लक्ष्यबाट टाढै राख्नु
किनकि, जितको कुनै विकल्प हुँदैन।
आवश्यकताको अनुसारले जिन्दगी बाँच
इच्छाअनुसारले होइन।
किनकि, आवश्यकता त भिखारीको पनि पूरा हुन्छ।
र इच्छाहरू बादशाहको पनि अधुरै रहन्छ।
दुनियाँमा कुनै पनि चिज आफ्नो लागि बनेको हँुदैन।

नदीले कहिल्यै आफ्नो पानी पिउँदैन
रूखले कहिल्यै आफ्नो फखाँदैन
सूर्यले आफ्नो लागि हर रात दिँदैन
फूलले आफ्नो सुगन्ध आफ्नो लागि छर्दैन।

थाहा छ किन?

किनकि, अरूको लागि जिउनु नै
असली जिन्दगी हो।
कहिल्यै पनि सफलतालाई दिमागमा र असफलतालाई दिलमा ठाउँ दिनु हुँदैन
किनकि, सफलताले दिमागमा घमण्ड र असफलताले दिलमा निराशा पैदा गर्दछ
भन्दै जन्मदिनको शुभकामना।

 

प्रतिक्रिया दिनुहोस्