फलको कारण विश्वविद्यालयमा ववाल



मेलवर्न(एजेन्सी)
अष्ट्रेिलयाको मेलवर्नको एक विश्वविद्यालयमा कुहिएको जंगली फलफुलको गन्धको कारण पाँच सयजना भन्दा बढि बिद्यार्थीलाई आइतवार तत्काल सुरक्षाका लागि विश्वविद्यालय छोड्न लगाइएको प्रहरीले जनाएको छ ।

शुरुमा सो गन्ध कुनै ग्याँसको जस्तो लागेकाले उत्त, विशेष सुरक्षा कदम उठाइएको थियो । तर पछि अनुसनधानको क्रममा आरएमआइटिको पुस्तकालयको एउटा दराजमा राखिएको कुहिएको फलफुलबाट सो गन्ध आएको पत्ता लागेको थियो ।

उष्ण क्षेत्रमा फल्ने डुरियन नामक सो फलको बास्ना कडा रनराम्रो हुने गरेको छ । अग्निनियन्त्रकहरुले भवनमा जडित एयर कन्डिसनिंग सिस्टमबाट उक्त गन्ध फैलिएको दावी गरेका छन् । मलवर्नको मेट्रोपोलिटन फायर ब्रिगेडले एउटा विज्ञप्ति जारी गर्दै अहिले सो भवन खुल्ला गरिएको जानकारी दिएको छ ।

अग्निनियन्त्रकहरुले स्थानिय प्रहरी फौजको सक्रयतामा त्यहाँ कुनै खतरनाक रसायनिक पदार्थ राखिएको हुनुपर्ने आशंकामा गम्भीरतापुर्वक छानविन गरिएका ेबताएका छन् । नरिवल आकारको यो फल दक्षिण पुर्वी एसियाको सेतो नरम र गुलियो फलको रुपमा चिनिन्छ । तर यसको बास्ना भने निकै नराम्रो छ ।

प्रतिक्रिया दिनुहोस्