दीपकको गीतमा जात्रै जात्रा



लोकप्रिय गायक तथा संगीतकार दीपक बज्राचार्य सधैं गीत संगीतमा नयाँ प्रयोग गर्न रुचाउँछन्। नेपाली मौलिक बाजालाई आप्mना गीतमा घन्काएर अभियान नै चलाएका गायक बज्राचार्यले पछिल्लो समयमा ड्रामा कन्सर्टको कन्सेप्टलाई अगाडि बढाएका छन्।

यसै क्रममा नेपालका विभिन्न भेगमा प्रचलित विभिन्न जात्रा र पर्वलाई समेट्दै उनले मन मगन बोलको गीत तयार पारेका छन्। सार्वजनिक भएको थोरै समयमै दर्शक स्रोताबाट मन पराइएको गीतमा दीपकले नेपालका मौलिक बाजाको प्रयोग त गरेका छन् नै, सँगसँगै यसको म्युजिक भिडियोमा विभिन्न जात्रा र पर्वलाई समेत समेटेका छन्।

‘गीत तयार पारियो। गीत सुनिसकेपछि छोरीले आँखा चिम्लेर कल्पना गर्दा गीतमा जात्रा देखिन्छ। त्यसैले यसको भिडियोमा जात्रा पनि मिसाउन पाए गजब हुन्थ्यो भन्ने सल्लाह दिइन्ु दीपकले भने ‘जात्रा नै नभएको टाइममा म्युजिक भिडियो बनाएर जात्रा समेट्न सम्भव थिएन। जात्रा भएकै समयमा गएर भिडियो सुट गर्न पनि प्रयाक्टिल कुरा थिएन। त्यसैले के गर्ने भनेर सोच्दै जाँदा जात्रा देखाउने समुदायहरूसँग सहयोग लिने निर्णय गरेँ र जात्रै नभएको बेला जात्रा निकालेर भिडियो तयार पारेँ।

उनकाने यो नविनतम गीतको म्युजिक भिडियोमा इन्द्रजात्राको समयमा निकालिने कुमारी जात्रा, पुलु किसी (सेता हात्ती) जात्रा, भक्तपुरको घिन्ताङ किसी जात्रा, धुनियाँ घुमाउनेजस्ता नेवारी जात्रा र पर्वका साथमा लिम्बुवानको झाँक्री नृत्य, लाखे नाच, सुदुर पच्शिमको छलिया नाच, पहाडी भाकामा गाउने थेगोसमेत हेर्न र सुन्न पाइन्छ। ‘यो मेरो पहाडदेखि तराई र काठमाडौंसम्मको कल्चर देखाउने प्रयास थियो, जुन सफल भएको महशुष गरेको छुु दीपक भन्छन् ‘जस्तोकि लामो समयदेखि अमेरिका बस्ने एकजना नेपालीले त्यहाँबाट फोन गर्नुभयो। उहाँले आप्mनो बच्चाहरूलाई नेपाली कल्चर देखाउन र बुझाउन नेपालबाट विभिन्न डकुमेन्ट्री लिएर गई देखाउनु हुँदो रहेछ।

तर बच्चाहरूले इन्ट्रेस्ट नदेखाउने भएकाले त्यो ईफेक्टिभ भएनछ। यो भिडियो हेरेपछि बच्चारुले हात्ती किन बनाएको? बांस किन घुमाएको जस्ता कुरा चाख लिएर सोध्न थालेछन्। अमेरिकादेखि फोन गरेर तपाईंको भिडियो हेरेर हाम्रा बच्चालाई बल्ल हाम्रो कल्चर बुझाउने मौका पाइयो भन्दा मेरो उद्येश्य प”रा भएको महशुष गरेको छु। यो गीत र यसको भिडियो नै नेपाली कल्चर बुझाउनका लागि बनाइएको हो।


काली काली हिस्सी परेकी गायक बज्राचार्यले धिमे बाजाको ताललाई पृष्ठभुमिमा राखेर मादल, सारंगीजस्ता परम्परागत बाजाका साथमा तयार परोको गीतमा संगीत उनकै सांगितीक सम”ह रिदम ब्याण्डको छ। चेरिसा बज्राचार्यको अवधारणाबमोजिम यो गीतको म्युजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका छन्। भिडियोका दृश्यमा करिव डेढ सय कलाकार तथा नृत्य समुहले परम्परागत तथा आधुनिक शैलीको नृत्यको प्युजन पस्किएका छन्। ज्येष्ठ नागरिकहरूको आजुगणदेखि अत्याधुनिक हिपहपसमेत भिडियोमा देखिन्छ।

प्रतिक्रिया दिनुहोस्