गुटबन्दीको चपेटामा कांग्रेस, देउवा र पौडेल पक्षको नाममा दुई कित्ता



काठमाडौँ । नेपाली कांग्रेस शीर्ष नेताहरुको गुटबन्दीको चपेटामा परेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोगेको पराजयको जिम्मा कसले लिने भन्नेमा समेत विवाद गरेर कांग्रेस नेताहरुले आम कार्यकर्तालाई निराश पारिरहेका छन ।

सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको नाममा दुई कित्तामा बाँडिएका नेताहरुले जारी केन्द्रीय समिति बैठक नै अनिश्चित बनाएका छन । आइतबार बिहान ९ बजे बोलाइएको बैठक यतिखेरसस्म्म सुरु हुन सकेको छैन ।

निर्वाचन पराजयको जिम्मेवारी, संसदिय र कार्य सम्पादन समिति विघटन तथा महासमिति बैठक छिटो बोलाउनुपर्ने लगायतका विषयमा सहमति हुन नसक्दा बैठक अनिश्चित बनेको हो ।

पौडेल पक्षीय नेताहरु ढिलोमा असार पहिलो सातासम्ममा महासमिति बैठक बोलाउनु पर्ने अडानमा रहेका छन भने सभापति पक्ष असोजमा महासमिति बैठक बोलाउने तयारीमा छन ।

प्रतिक्रिया दिनुहोस्