प्रधानमन्त्रीको सम्बोधनः भ्रष्टचारीको समुल नष्टका लागि कसैको अनुहार हेरिदैँन



यमलाल भुसाल, बुटवल ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारीको समुल नष्टका लागि कसैको अनुहार नहेरीने बताउनु भयो ।

उहाँले अनुचित कुरामा सरकारले कसैसंग सम्झौता नगर्ने र भ्रष्टचारको सवालमा सरकार निर्मम भएर अगाडी बढने बताउनु भयो । प्रधान मन्त्री ओलीले कानुनी राज्य स्थापनाका लागि घुषखोरी कमिशन तन्त्रलाई समुल नष्ट गरि सुशासन कायम गर्ने धारण राख्नु भयो ।

प्रधान मन्त्री ओलीले कानूनको राजबाहेक सेटिङमा काम गर्ने, ठेकदारलाई अनुचित बल प्रयोग गरेर दिने, घुस र कमिसनबाट राज्यलाई घाटा पार्ने यस्ता सवै कुराहरु नियन्त्रण गरिन्छ । सुशासन हाम्रो उद्देश्य हो विना सुशासन विकास गर्न सकिँदैन, त्यसकारण यसमा ध्यान कडाइका साथ हुन्छ ।
उहाँले प्रदेश संघीय सरकार प्रदेश सरकारलाई बलियो बनाउन चाहेको बताउनु भएको छ ।

यो पूरानो मानसिकतामा भएको संघिय सरकार होईन, सात वटै प्रदेशलाई कसरी सबल बनाउन चाहन्छ प्रदेश ५ को बिशेष बैठकलाई आईतबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले संविधान र अनुसूचीमा मात्रै नभई साँच्चिकै प्रदेशको विकास गर्न सरकार तयार रहेको बताउनु भयो ।

प्रधान मन्त्री आलीले प्रदेश ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिने बताउनु भयो । उहाँले नारायणीदेखि कर्णालीसम्म सुस्तादेखि राजापुरसम्मका भूभागले विकास र समृद्धिको संकेत गरेको बताउनु भयो ।

कृषि र पर्यटनबाट यो प्रदेश समुद्ध बनाउन सकिनेछ । उहाँ ले भनु भयोे प्रदेश नम्बर ५ दुनियाँ अन्धकार हुँदा ज्ञानको ज्योति छर्ने बुद्ध जन्मेको स्थल रहेकाले यस क्षेत्रलाई समृद्ध बनाउन सबै लाग्नुपर्ने बताउनु भयो ।

प्रदेशसभालाई पहिलो पटक सम्बोधन गर्नु भएका प्रधान मन्त्री ओलीले भैरहवामा निर्माणधिन विमानस्थल सम्पन्न भएपछि विकासलाई थप टेवा पुग्ने बताउनु भयो ।

उहाँले संघियता हजारौं बर्षदेखिको संघर्षको परिणाम भएको बताउनु भयो ।

प्रादेशिक संरचना, प्रदेशसभा सरकार सबैलाई बधाई दिन चाहन्छु उहाँले भन्नु भयो आज पहिलोपटक म यहाँहरुको यस प्रदेशसभाको सम्बोधनका लागि सभाषदको सफलताका निम्ति सभामुख महोदयको सफलताका निम्ति हार्दिक शूभकामना व्यक्त गर्दछु ।

संघीयताले अधिकार, अवसर र सुरक्षा सम्मान, सामाजिक न्याय ल्याएको बताउनु भयो ।

पहिला केन्द्रमा सरकार हुन्थ्यो, अब प्रदेशमा पनि सरकार हुन्छ यस प्रदेशसभामा आज उपस्थित भएको छु यो आधा दशकको उपलब्धी हा उहााले भन्नु भयोे ।

आधा दशक भन्दा बढि नेपाली जनता कठिनाइएपूर्ण संघर्ष पार गरेर आजको अधिकारसम्पन्न घडीमा आइपुगेको पनि उहाँले बताउनु भयो ।

संघीय, प्रदेश र स्थानीय सरकार निर्वाचनको माध्यमबाट गठन गरेको बताउँदै समानुपातिक समावेशि व्यवस्था ल्याइएको उल्लेख गर्नु भयोे ।

संविधानमा जनताको मौलिक हकमा धेरै अधिकार राखिएकाले हिजो अन्यायपूर्ण ढंगले विभेद थियो, असमानता एकैचोटी अन्त्य हुने होईन ।

हाम्रा सम्पूर्ण प्रयास आर्थिक समृद्धि र विकासतर्फ केन्द्रीत हुने बताउदै उहाँले त्यसका लागि सम्पूर्ण मानवीय श्रोत, प्राकृतिक श्रोत साधन, उपलब्ध प्रविधि सिप ज्ञान, उपलब्ध संरचना आर्थिक विकासमा लगाउनुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले हाल प्रदेशहरुले भोग्नुपररहेका समस्यालाई पनि सम्वोधन गदैं नयाँ घर बनाउँदा समस्या हुने बताउँदै अहिलेको समस्या पनि त्यस्तै भएको बताउनु भयोे । आफ्नो सरकार पुरानो मानसिकताको सरकार होइन भन्दै ओलीले सबै प्रदेशहरुलाई सक्षम बनाएर मात्रै संघ बलियो हुने स्पष्ट पार्नु भयो ।

देशमा बढिरहेको व्यापारघाटाप्रति प्रधानमन्त्रीले चिन्ता प्रकट गदैै रुग्ण उद्योगहरु सरकारले सञ्चार गर्ने बताउनु भयो ।

शान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि मात्र नभई बुद्ध र अन्य ऋषिमुनिको तपोभूमि र ज्ञानभूमि समेत यो प्रदेशमा भएकाले विश्वकै लागि शान्ति र ज्ञानको प्रेरणाको स्रोत बन्न सक्ने प्रधानमन्त्री ओलीले बताउनु भयो ।

‘प्रदेश ५ को लुम्बिनीमा बुद्धमात्रै जन्मिएनन बुद्धवाद पनि जन्मियो’उहाँले ‘यो बुद्धभूमि, ज्ञानभूमि, ऋषिमुनिको तपोभूमि रहेको धार्मिक,सास्कृतिक, पर्यटकीय महत्वको थलो हो, यो प्रदेश नेपालका लागि मात्र हैन विश्वकै लागि प्रेरणाको स्रोत, अनुकरणीय र पवित्र गन्तव्यस्थल हो ।’

प्रधानमन्त्री ओलीले भारतसँग भन्सार नाकाहरु जोडिएको क्षेत्र पनि भएकाले विकास र समृद्धिमा पनि अघि जान सक्ने भएकाले नमूना प्रदेशको रुपमा विकास गर्न सकिन्छ, र भैरहवा विमानस्थलबाट विमानहरु उड्न थालेपछि यहाँको विकास र समृद्धिले गति लिने बताउनुभयो ।

उहाँले बर्तमान सरकार जनताबाट फूल ब्याट्रीचार्ज भएको सरकार हो त्यसकारण यो फिलीफिली, झिलीझली गर्दैन यो पूरा ताकतका साथ अगाडि बढ्छ, किनभने जनताले जनताका निम्ति काम गर्न यसलाई अधिकार दिएको पनि बताउनु भयो ।

अब नेपालमा जाडोले कठांग्रिएर मान्छे मने अवस्था आउदैन् त्यसको व्यवस्था सरकारले गर्छ भन्दै आफु प्रधानमन्त्री भएको कसैलाई जाडोले कठांग्रिएर मर्न नदिनका लागिहो भन्नु भयो ।

सिन्डिकेट तोड्न खोज्दा निकै प्रतिरोध हुन खोज्यो म भन्न चाहन्छु अनुचित कुरासँग यस सरकारले कुनै सम्झौता गर्दैन ।

विहान नौ बजे संससलाई सम्बोधन गर्ने कार्यक्रम रहेपनि प्रधानमन्त्री ओली भने विहान साँढे १० बजे मात्रै संसदमा आइपुग्नु भयो र उहाँले १ घण्टा ४ मिनेट संवोधन गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्