युवा बिदेशिएपछि गाउँ नै सुनसान



सलिम अन्सारी,प्यूठान ।

राहदानी बनाएर तेस्रो मुलुक जानेको संख्या बर्से्नि बढदो छ । बढदो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउदाँ प्यूठान जिल्लाबाट दर्जनौ युवाहरु बिदेशीरहेका छन । धेरै जसो गाउँमा युवाहरुको सँख्या पात्लिदै गएको छ । घरको सम्पती बेचेर र ऋण गरेर बिदेश जाने युवाहरु धेरै छन ।

कामको खोजीमा युवाहरु भारत र तेस्रो मुलुक जाने क्रम नरोकिदाँ वृद्धवृद्धा,केटाकेटी र महिला मात्र गाउँमा भेटिन्छन । जानकारहरु भन्छनः पढेलेखेका पनि स्वदेशमै रोजगारी नपाइने, राजनीति अस्थिरतालगायत वितृष्णाले युवा विदेशिने क्रम बढ्ेको बढयै छ ।

युवाहरुको ठूलो हिस्सा श्रमका लागि भारत पुगेका छन । खाँडि मुलुक साउदि,कतार,मलेसिया, लगायतका देशमा जाने युवाको जमात समेत उत्तिकै छ । वैदेशीक रोजगारीका लागि युवा मुग्लान तीर हानिन थालेपछि बिकास निर्माण,सामुदायिक अभियान देखि परम्परागत सँस्कार समेत प्रभाबित बनेका छन । खेतीपातीको काम निकै प्रभावित भएको छ । गाउँमा जनशक्ति नहुँदा वाली लगाउन नपाएकाले जग्गा बाझिदै गएका छन । जिल्ला प्रशासनले ५ बर्ष देखि मेसिनले लेखेर राहदानी जारी गर्दै आएको छ ।

कार्यालयको तथ्यांकअनुसार यस अवधिमा जिल्लाबाट झन्डै २० हजारले राहदानी लिएका छन । बिदेश जाने अधिकाशँ २० देखि ३० बर्ष उमेर समुहका युवा रहेको प्रमुख जिल्ला अधिकारी डा कृष्ण बहादुर घिमीरेले बताए । स्थानीय तहको निर्वाचन भएर जनप्रतिधि आएपछि पनि राहदानी बनाउन आउनेको संख्यामा कुनै कमी नआएको उनले बताए ।

पछिल्लो समयमा राहदानी बनाउन आउने महिलाको संख्यामा समेत ह्वात्तै बढेको छ घिमिरेले भने, जिल्ला प्रशासनको तथ्यांकअनुसार ०६८/६९ मा ६ सय ५३, ०६९र७० मा १ हजार ६ सय २६, ०७१/७२ मा ६ हजार ६ सय ६६, ०७२र७३ मा २ हजार ९ सय ४९, ०७३र७४ मा ४ हजार ९ र ०७४र७५ को ७ महिनामा २ हजारले राहदानी लिएका छन ।

जिल्लाबाट बर्से्नि ६ हजारको संख्यामा राहदानी बनाएर बाहिरी मुलुक र झन्डै ६०र७० हजार काम खोज्दै भारत जाँदा गाउँ सुनशान बन्दै गएको हो । युवा पलायनको यो दरले जिल्लामा बेरोजगारी समस्या थप चुलिदै गएको पुष्ठि हुन्छ । चुनाव जीतेका जनप्रतिनिधीले समेत युवा लक्षित स्वरोजगारका कार्यक्रम ल्याउन तर्फ ध्यान नदिएको युवाहरुको गुनासो छ ।

ऐरावती गाउँपालिकाका स्थानीय कृष्ण बहादुर भैयाले भने ‘स्वदेशमै केही गर्न सकिन्छ भन्ने अनुभूति दिलाउन नेताहरु चुकेका छन,’ उनले यी युवालाई रोक्ने कार्यक्रम नल्याएसम्म युवाहरुको समस्या नसुल्झने बताए ।

प्रतिक्रिया दिनुहोस्