सम्झौताको प्रतिक्षामा भालुवाङ–भिमगिठे सडकखण्ड



सलिम अन्सारी, प्युठान
भारत–नेपाल–चीन (तिब्बत) जोड्ने हालसम्मकै छोटो र सजिलो त्रिदेशीय सडक सञ्जाल निर्माणमा ढिलाइ भएकोमा प्युठानका स्थानीयले गुनासो गरेका छन् ।

भारतको कोईलाबास हुँदै दाङको भालुवाङ,प्युठान बाग्दुला,बागलुङ भिमगिठे भएर चीनको लोभाङ्थाङ्लाई जोड्ने त्रिदेशीय सडक सञ्जाल निर्माणमा सम्बन्धित पक्षले ध्यान नदिएको उनीहरूको आरोप छ । भारतीय एक्जिम बैंकले लगानी गरेको यो सडक निर्माणमा सहमती न आउंदा थप ढिलाइ हुने भएको हो ।

सडक निर्माणका लागि आवाश्यक डिजाईन,स्टिमेट गरेर संझौताका लागि सहमतीको पर्खाईमा रहेको सडक सुधार तथा बिकास आयोजनाका निर्देशक सुशीलबाबू ढकालले बताए। डिजाईन तयार भैसक्यो,स्वीकृतीका लागि भारत पठाईएको छ । उनले भने, उताबाट स्वीकृति आउन औपचारिक्ता मात्र बाँकी छ।

बैंकसंग कुराकानी गरिरहेका छौँ। पहिलो चरणको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै उनले एक्जिम बैकबाट सहमती भइ आएपछि दोश्रो चरणको काम गर्ने बाटो खुल्ने बताए । सडक मुल्याकँन गरि आवाश्यक प्रक्रियाका लागि एक्जिम बैकँमा स्विकृतीका लागि सिफारिस पठाइएको हो ।

राष्टिय र्गाैरवको आयोजनामा समाबेश गरिएको यो सडक आयोजना एक्जिम बैँकको सहुलियत ऋृणमा बन्न लागेकाले उस्को सहमती लिनुपर्ने व्यवस्था छ । सडक बिभाग,सडक आयोजना मार्फत कुल ३ अर्ब लागतमा प्युठानको बाग्दुला देखि बागलुङको भिमगिठे सम्मको ७४ किमि डवल लेन सडक निर्माण गर्ने भनिएको छ ।

सरकारले आर्थिक बर्ष २०७२/७३ को बार्षिक बजेटमै उक्त सडक खण्डलाई प्राथमिक्तामा राखेपनि काम भने हुन सकेन। पर्यटकीय तथा सास्कृतिक हिसावले समेत महत्वपूर्ण मानिएको यो सडक आगामी तीन वर्ष्भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिइएको छ ।

साविकको अर्खा ६ पैयांपाटा हुँदै

बागलुङको सिमाना अरवारे सम्म बाटो जोडिएको छ । क्षेत्रिय सडक अन्र्तगत पैयांपाटा अरवारे सडकको तीन बर्ष अघि ट्रयाक खोलिएको हो । त्यसपछि लगानी अभावले यो सडक स्तरउन्नति हुन नसकेको स्थानिय बताउँछन । गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले समग्र जिल्लाको आर्थिक सम्बृदिसँग जोडिएको यो आयोजना अगाडि बढनुको बिकल्प नरहेको बताए।

उनले भने ‘मच्छी,अर्खा,बागलुङको भिमगिठे हुँदै म्याग्दी,मुस्ताङ लोभान्थाङ देखि चिनको तिब्बतसँग जोडिन्छ ।’ हालसम्मका त्रिदेशीय सडक सञ्जालमध्ये यो सडक सरल र छोटो दूरीको पर्ने गिरिले बताए ।

सडक बिस्तारको कामलाई अघि बढाउनुपर्ने उनको माग छ । यो सडकले ३ देशसँगै धार्मिक आस्थालाई पनि जोड्छ,’ गौमुखी २ का वडा अध्यक्ष डोर बहादुर रानाले भने, ‘यो सडकले स्वर्गद्धारी, गौमुखी,बागलुङको ढोरपाटन राजापुर क्षेत्र), मुक्तिनाथलाई र भारतको कोइलावासलाई नजिक्याउने छ ।’

प्रतिक्रिया दिनुहोस्