प्रतिबन्धित कुखुरा भारतबाट ओसारपसार



लहान । अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरासहित प्रहरीले गएराति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

स१च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा नियन्त्रणमा लिएको हो ।

बरियारपट्टि गाउँपालिका–३ दरहियामा चेकजाँच गर्दा उक्त गाडीमा रहेको ४१० थान प्रतिबन्धित कुखुरा फेला परेको इलाका प्रहरी कार्यालय बरयारपट्टिका प्रहरी नायब निरीक्षक शिवनारायण यादवले जानकारी दिनुभयो ।

पिकअप भ्यानसहित गाडी चालक सिरहाको गोलबजार नगरपालिका–६ निवासी राजेशकुमार लामालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडरमा पठाइने उहाँले बताउनुभयो ।

निःशुल्क आयुर्वेद शिवर सञ्चालन

सिरहाको मिर्चैया नगरपालिकामा सम्पन्न एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिवरमा ४४२ जना बिरामीले उपचार गराएका छन् ।

मिर्चैया नगरपालिका सहयोग तथा आयुर्वेद औषधालय मिर्चैयाको तत्वाधानमा मिर्चैया नगरपालिका–५ मा सम्पन्न सो शिविरमा पेट, पिसाब, हात, खुट्टा, जोर्नी, मानसिक, छाला, घातु, बाथ सम्बन्धी रोगको जाँच गराएका थिए ।

स्वास्थ्य जाँच गराएकालाई निःशुल्क औषधिसमेत प्रदान गरिएको मिर्चैया आयुर्वेद औषधालयका प्रमुख तथा कार्यक्रम संयोजक राकेशकुमार यादवले जानकारी दिनुभयो ।

शिविरमा आयुर्वेद चिकित्सक डा रवीन्द्रकुमार यादवसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्