लमजुङबाट चुट्का



लमजुङ, (नेस)। लमजुङमा लोक तथा दोहोरी गायक भीम दुराका २ गीतको छायांकन गरिएको छ। सुन्दरबजार नगरपालिका ११ तुर्लुङ गाउँमा र बेसीशहर नगरपालिका ३ स्थित नेपालको नमँना ग्रामीण पर्यटकीय गाउँ काउलेपानीमा ती गीतको छायाँकन गरिएको हो।

दुवै गीतमा शब्द तथा स्वर लोक गायक दुरा आफैँले भरेका छन्। आफ्नै जन्म थालो समेत रहेको तुर्लुङकोटमा आयौँ हामी तिम्रै आँगनमा बोलको चुड्का (कौरा) को छायाँकन गरिएको दुराले बताए। उक्त गीतमा दुरालाई गायिका दुर्गा गुरुङले साथ दिएका छन्। गीतको म्युजिक भिडियोको निर्देशन प्रशान गुरुङ र राजु गुरुङले गरेका छन्। दुरा, गुरुङ, मगर, दराई आदि जातिमा प्रचलित चुड्का गीतको छायाँकन तुर्लुङकोट गढीसहित यसैवर्षबाट होमस्टे थालिएको तुर्लुङ गाउँका रमणीय ठाउँमा गरिएको छ।

यस्तैगरी, अर्को लोक गीत गाउँशहरमाथि काउलेपानीको बोल रहेको छ। यो गीतको छायांकन नेपालकै नमँना पर्यटकीय गाउँ काउलेपानीमा गरिएको दुराले जानकारी गराए। गीतमा दुरालाई लोक तथा दोहोरी गायिका सर्मिला गुरुङले साथ दिएकी छिन्। उक्त गीतको म्युजिक भिडियो राजु गुरुङले निर्देशन गरेका छन् भने मोडलमा सन्देश गुरुङ र धुपा दुरा छन्। दुबै गीतको भिडियो दीपकराज जोशीले छायांकन गरेका छन्। लोकगायक दुराले हालसम्म ९० भन्दा बढी गीत रेकर्ड गराईसकेका छन्।

प्रतिक्रिया दिनुहोस्