युवालाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह



काठमाडौं, (नेस)
राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज पाण्डेले सडक र सदनमा प्रतिपक्षको भूमिका निर्वाह गर्न युवाहरूलाई आ≈वान गर्नुभएको छ। शनिबार अजिरकोट काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

‘नेपाली कांग्रेसले राजनीतिक युद्ध जितेको हो’, उहाँले भन्नुभयो– ‘हाम्रो सिट संख्या कम छ तर पपुलर मत धेरै छ, तसर्थ कांग्रेसले हारेको छैन।’ अब ५ वर्षभित्रमा कांग्रेसलाई एक नम्बर बनाउने जिम्मा युवाको काँधमा रहेको उहाँको भनाइ थियो।

सम्बोधनका क्रममा उहाँले अजिरकोटका प्रत्येक घरघरमा भित्तेपात्रो पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। ढिलै भए पनि शुभकामना आदानप्रदान गरिएको कार्यक्रममा सम्पर्क समितिले प्रकाशन गरेको भित्तेपात्रोको सार्वजनिक गरिएको थियो।

समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बाबुराम दवाडी, सलाउद्दिन मियाँ, कृष्ण पनेरुलगायतले शुभकामना दिनुभएको थियो भने सञ्चालन यदुप्रसाद भट्टले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्