लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन शुरु



यमलाल भुसाल, बुटवल । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले लुम्बिनीको बिकासका लागि बौद्ध सम्मेलन महत्वपुर्ण कडि हुने बताउनु भएको छ ।

लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको पनि उद्गम थलोको रुपमा पुस्टी गर्न सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो ।

२५६२ औँ बौद्ध जयन्तीको पुर्व सन्ध्यामा बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्धसम्मेलनको उद्घाटन गर्दै मन्त्री अधिकारीले बौद्ध सम्लेनले बिश्वभर बुद्धको सन्देश फैलाउन र पर्यटक बृद्धिमा समेत टेवा पु¥याउने बताउनु भयो । यस अघि सम्मेलनको प्रधान मन्त्री केपी ओलीले उदघाटन गर्ने भनिए पनि प्रधान मन्त्रीको उपस्थित नहुदाँ कार्यक्रममा रौनकता देखिएको थिएन ।

कार्यक्रम गर्न भनी ४ करोडको लागतमा सभाहल बनाईएको भएपनि सो हलमा कार्यक्रम नगरी चीनियाँ विहारमा कार्यक्रम आयोजना गरिदा हल सानो भएकाले आगन्तुक हरुलाई बस्नका लागि कुर्चीको समेत राम्रो व्यवस्था थिएन ।

कार्यक्रममा आमन्त्रण गरिएका राष्ट्रिय सभाका सांसद, प्रतिनिधी सभाका सांसद , प्रदेहका मन्त्री , प्रदेशका सांसदरुलाई आसन ग्रहण पनि गराईएको थिएन । जसले गर्दा कार्यक्रममा हुनु पर्ने रौनकता देखिएको थिएन ।

उहाँले ४० बर्ष सम्म पुरा हुन नसकेको लुम्बिनी गुरुयोजना आगामी साढे दुई बर्ष भित्रमै पुरा गर्ने गरी कामलाई तिव्रता दिएको बताउनुभयो ।

लुम्बिनीमा आउने पर्यटकको बसाई लम्व्याउनका लागि लुम्बिनीमा भौतिक पुर्वाधारको बिकास जरुरी रहेको बताउदै मन्त्री अधिकारीले त्यसका लागि सरकारले काम थाल्ने बताउनु भयो । उहाँले लुम्बिनीको सम्रग बिकासका लागि लुम्बिनी तथा त्यस क्षेत्रसंग सम्बन्धीत तिलौराकोट, देवदह तथा रामग्रामलाई जोडेर ग्रेटर लुम्बिनीको अबधारण अगाडि बढाईएको समेत बताउनु भयो ।

सो अबसरमा महायानका तर्फबाट टुकुलोसान नाम्ग्याल रिम्पुचे, जापानका बरिष्ठ भिक्षु ईकाङ मिजुतानी, चाईनिज बुद्धिष्ट संघका उपाध्यक्ष यिङसुङ, श्रीलङकाका बरिष्ठ भिक्षु कोटुगोडा धम्मावासा महाथेरो लगाएतले सम्बोधन गर्दै बौद्ध दर्शनलाई बिश्वमाझ फैलाउनु पर्ने बताउनु भयो । उहाँहरुले लुम्बिनीको चौतर्फी बिकासका लागि बिदेशी समुदायले समेत आबश्यक सहयोग गर्ने बताउनु भयो ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष अबधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले लुम्बिनीमा आयोजित यस सम्मेलनले बुद्ध दर्शनका माध्ययमबाट संसारलाई उपहार दिने काम नेपालले गरेको छ भन्ने कुराको थप पुष्टि गरेको बताउनु भयो ।

नेपालीहरुको कल्चरमा टेवा बुद्ध दर्शनको माध्ययमले नेपाललाई बिश्वमाझ चिनाउछ । बुद्ध दर्शन संसारलाई उपहार दिने काम नेपालले गरेको छ भन्ने कुरा यो सम्मेलनले थप पुष्टि गरेको छ । उहाँले बुद्ध दर्शका कारण बिश्वमा शान्ति फैलदै गएको बताउनु भयो ।

लुम्बिनी नेपाल: गौतमबुद्धको जन्मस्थल, बुद्ध धर्मको उद्गम भुमि र बिश्व शान्तिको मुहान नारा दिइएको यस सम्मेलनमा २३ राष्ट्रका बौद्ध गुरुहरुको सहभागिता रहेको छ । सम्मेलनमा ३१ जनाले बिभिन्न उपशिर्षकमा कार्यपत्र प्रस्तुत गर्ने छन् । ३१ कार्यपत्र मध्ये १९ बटा कार्यपत्र बिदेशी बौद्ध बिद्घान र १२ बटा नेपाली बौद्ध बिद्घानले कार्यपत्र प्रस्तुत गर्ने छन् । शनिवार १९ जनाले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

शनिवारवाट शुरु भएको सम्मेलन आईतवार बिहान ११ बजे सकिने र त्यस पश्चात लुम्बिनी घोषणा पत्र जारी गरिने छ । सम्मेलन समापन पश्चात सहभागिलाई लुम्बिनी तथा तिलौराकोटको पुरातात्वीक क्षेत्रको अवलोकन गराईने कार्यक्रम तय गरिएको छ । लुम्बिनी स्थित चाईना बिहारको दुईवटा सभाहलमा प्यारालल सिस्टममा कार्यपत्रहरु प्रस्तुत भईरहेका छन् ।

बुद्धसगँ सम्बन्ध रहेको रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लाका पुरातात्विक तथा धार्मिक स्थलको, बुद्धको अमृतमय शिक्षालाई प्रचार प्रसार गरी जनताको कल्याण गर्ने तथा आपसी सद्भाव बढाउने लगायत उद्देश्यले जयन्ती र सम्मेलन आयोजना गरीएको कोषका उपाध्यक्ष त्रिपाठीले बताउनु भयो । कोषका अनुसार अमेरिका, थाइलेण्ड, भारत, चिन, श्रीलंका, कोरिया, मलेसिया लगायतका राष्ट्रले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्