आलिया र रणवीरको यस्तो सम्बन्ध !



एजेन्सी । बलिउड यस्तो फिल्म इन्डष्ट्री हो जहाँ महिला र पुरुष सेलिब्रिटीहरुबीच सम्वन्ध जोडिन र तोडिन कत्ति बेर पनि लाग्दैन । कसको अफेयर कोसित चलिरहेको छ भन्ने ठहर गर्न पनि मुस्किल पर्छ ।

यस्तोमा रणवीर कपुर र आलिया भट्टको लिंकअपको खबर आएको छ । यद्यपि यो अड्कलवाजी मात्रै हो । खासमा उनीहरु ‘ब्रम्हास्त्र’ नामक फिल्ममा सँगै काम गर्दैछन् । सो फिल्ममा जोडिएपछि उनीहरु एक–अर्कासँग नजिकिएका थिए । र, अहिले उनीहरुको सम्वन्ध प्रगाढ बन्दै गएको बताइन्छ ।

हालै यो जोडी एउटै कारबाट निस्किरहेको अवस्थामा क्यामरामा कैद भएको छ । त्यो पनि राति अबेर । उनीहरु बुधबार राति जोया अख्तरको पार्टीमा एकसाथ पुगेका थिए ।

कारबाट निस्केलगत्तै क्यामराहरुले पछ्याएपछि उनीहरु छुट्टिए । पत्रकारले सोधेको जवाफ पनि नदिइकन अघि बढे । उनीहरुको यो व्यवहारबाट पनि पक्कै दालमे कुछ काला है भनेर अड्कल गर्न सकिन्छ ।

दीपिका पादुकोण र कट्रिना कैफजस्ता नायिकासँग रियल लाइफ रोमान्स गरिसकेका रणवीर कपुर पछिल्लो समय सिंगल थिए । यसैगरी अली दराडकरलाई धोका दिएकी आलिया सिद्दार्थ मलहोत्रासँग डेट गरिरहेकी थिइन् । यद्यपि, उनीहरुबीच खटपटको खबर पनि पछिल्लो समय आइरहेको थियो ।

रणवीर र आलियाको जोडी चाहिँ कत्तिको टिकाउ हुने हो, हेर्दै जाउँ ।

प्रतिक्रिया दिनुहोस्