केकीले रिङ रोडमा सित्तैमा यात्रुहरुलाई सित्तैमा घुमाउने



काठमाडौं । यहि बैशाख १४ गतेदेखी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ले राजधानीमा बिज्ञापनको लागि ४ दिन यात्रुहरुलाई बस सेवा गराउने भएको छ ।

चलचित्र प्रचार–प्रसार तथा बिज्ञापनको लागि भन्दै नायिका केकी अधिकारीले काठमाण्डौको रिङ रोडमा ४ दिन यात्रुहरुलाई सित्तैमा यात्रा गराउने जानकारी दिएकी हुन ।

नायिका अधिकारीले काठमाण्डौँमा ४ दिनको लागि एकदमै आक्रामक प्रचार–प्रसारको आवश्यकता रहेको र जसरी हुन्छ आफ्नो चलचित्र हेर्न हलसम्म पर्याउने प्रतिबद्धता जनाएकी छन् ।

उनले भनिन्, ‘त्यसको लागि हामीले ‘कोहलपुर एक्सप्रेस सेवा’ भनेर सित्तैमा नगर परिक्रमा गराउदै छौँ ।” केकीले भनिन्, “हामीले राजधानीको चक्रपथमा मात्र त्यो सेवा दिन लागेका छौँ ।’

 

प्रतिक्रिया दिनुहोस्