छोटो लिंग यसरी तन्काउनुस



काठमाडौँ । मानिसहरुको जीवन सुखमय र आनन्दमय बनाउनका लागि यौन सुख महत्वपूर्ण अनिवार्य मानिन्छ । एक पटक पाएको जीवनमा मानिस दुःखी भएर बाँच्न चाहदैन तपाई पनि त्यही चाहनुहुन्छ । त्यसकारण आफ्नो लिंगको आयतन छोटो भयो भनेर चिन्ता नगर्नुस । विभिन्न अभ्यास र बिधिद्वारा लिंगको आयतन बढाउन सकिने विज्ञहरुले बताएका छन ।

सामान्यतः उत्तेजित अवस्थामा लिंगको लम्बाइ १५ सेन्टिमिटर हुन्छ । धेरैजसो व्यक्तिको लिंगको लम्बाइ १३ देखि १६ दशमलव ५ सेन्टिमिटरभित्र परे पनि यस्तै ७ प्रतिशतजति व्यक्तिको लिंग ११ सेमीको हाराहारीमा हुने एक अध्ययनले देखाएको छ । तपाईको लिंग साच्चैको छोटो छ र त्यसको आकार बढाउन चाहनुहुन्छ भने तलको बिधि प्रयोग गर्नसक्नुहुन्छ ।

–हातैले तन्काउने विधिः दैनिक रूपमा पर्याप्त समय लिंग दोहन (दुहुने) जस्तो गरी तन्काउने गरिएमा लिंगको आयातन बढ्न सक्छ ।
–तौल वा यन्त्रको सहायताले तन्काउने विधिः कुनै वजनदार वस्तु लिङ्गमा झुन्डयाई वा screw-extender भएको यन्त्रले लिङ्गको साइज बढाउन सकिन्छ । कतिपयले यस्ता विधिले अनावश्यक रुपमा लिङ्गमा चोटपुग्ने कुरामा सजग हुनुपर्ने कुरामा समेत जोड दिएका छन् ।
–पम्प प्रयोग गर्ने विधिः दबाब कम गर्ने पम्प प्रयोग गरी लिंगमा रक्त प्रवाह बढाउने विधिले अन्य समयमा भन्दा लिंगको उत्तेजना कडा र बढी हुने दाबी गरिन्छ । यसको दीर्घकालीन प्रभावका बारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजानिए लिङ्गमा चोट पुग्ने सम्भावना पनि उत्तिकै हुन्छ ।
–शल्यक्रियाः यो विधिमा लिंगमा अडयाउने तन्तु काट्ने, बोसो तन्तु भर्ने वा नचबात गर्ने वा अन्य वस्तु राख्ने (प्रत्यारोपण) गर्नेजस्ता अनेक उपाय गरिन्छ । यस्तो शल्यक्रिया कुशल चिकित्सकवाट गरिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्