गिरीको चित्रकला प्रदर्शनी शुरु



 

दाङ ।  दंगाली युवा चित्रकार लेखराज गिरीको एकल चित्रकला प्रदर्शनी शुक्रबारदेखि रिपोर्टर्स क्लब दाङमा शुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी चित्रकार गिरीका ४६ तस्वीर ‘परिचय’ प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका एउटा तस्वीरको मूल्य रु तीन हजार ५०० देखि ३५ हजारसम्म तोकिएको छ ।

बत्तीस वर्षीय गिरीले आफ्ना चित्रबाट विद्यार्थी वर्ग र चित्रकलामा लाग्न चाहने व्यक्तिले केही सिकून् भन्नाका लागि प्रदर्शनी गरिएको बताउनुभयो । प्रदर्शनीको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्दै गिरीको कलाको सम्मानका लागि उपमहानगरपालिकाले एक उत्कृष्ट चित्र खरिद गर्ने घोषणा गर्नुभयो ।

मल्टिमिडिया प्रालिको आयोजना तथा उपमहानगरपालिकाको सहयोगमा चित्र प्रदर्शनी गरिएको हो । प्रदर्शनी पाँच दिनसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्