अनाथालयदेखि अर्बपतिसम्म



काठमाडौं, (नेस)

सन् १९३५ मा इटालीको मिलानमा जन्मिएका लियोनार्दो डेल भेचियो एक सफल अर्बपति उद्योगी हुन्। तर, अहिलेको अवस्थामा आउन उनले गरेको संघर्ष र भोगेको दुःख कष्ठ जो कोहीका लागि पनि अनुकरणीय छ।

लियोनार्दोले जन्मिएदेखि नै दुःख कष्ठको श्रृङ्खला शुरू भयो। उनका बुबाले सडकमा ठेलामा तरकारी बेचेर परिवार पाल्दै आएका थिए। तर, उनी जन्मेको केही महिनामा नै उनका बुबाको मृत्यु भयो। पालन पोषण गर्न नसकेपछि सात वर्षको हुँदा उनकी आमाले उनलाई एक अनाथालयमा भर्ना गरिदिइन्। १४ वर्षको उमेरमा उनले इटालीको शहर मिलानमा एक टुल निर्माता कम्पनीमा काम सिक्न थाले। आफ्नो करियरको तीन वर्ष उनले त्यही उपकरण प्रयोगशालामा प्रशिक्षार्थीका रूपमा बिताए।

८२ वर्षीय लियोनार्दोले आफ्नो भविष्यप्रति नजरअन्दाज र सही समयमा सही निर्णय गर्न सक्ने क्षमताका कारणले नै आफू सफल भएको बताउँदै आएका छन्। संघर्ष र लगानशीलतालाई उनले कहिल्यै त्यागेनन्। अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सको अर्बपतिको सुचीमा ४५औं स्थानमा छन भने इटालीका दोस्रँे धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति २२ दशमलव ३ अर्ब अमेरिकी डलर बराबर छ।

अनाथालयमा नै उनले उच्च माध्यामिक तहसम्मको पढाई पूरा गरे। माध्यामिक तहको पठाई सकेसँगै उनले दिउँसो काम गर्ने र बेलुकाको समयमा ‘इन्ड्रस्ट्रियल इन्जिनियरिङ कोर्स’ को पढाई गर्न शुरु गरे। जसले उनलाई वस्तुको व्यापार र व्यावसायिकता विषयमा बुझ्न निकै ठूलो मद्दत गर्यो। केही समय प्रशिक्षार्थीका रूपमा काम गरिसकेपछि त्यहाँबाट उनी नजिकैको गाउँमा गए। जहाँ चस्मा उत्पादन गर्ने केही कम्पनी स्थापना भएका थिए। त्यहाँ गएर उनले काम गर्न शुरू गरे। १० वर्षसम्म उनले त्यहाँ अरूका लागि चस्माका फ्रेम बेच्ने काम गरे।

उनले २५ वर्षको उमेरमा सन् १९६१ मा आफ्नै कम्पनी स्थापना गरेर आईग्लासको व्यापार शुरू गरे। आफ्नै कम्पनी खोलेपछि उनले कहिल्ये पछाडि फर्केर हेर्नु परेन। बजारमा निकै प्रतिस्पर्धा थियो। तर, सफल व्यवस्थापकीय क्षमता भएकै कारण कम्पनी स्थापना भएको पहिलो वर्षमा नै नाफा कमाउन सफल भयो। उनले इटालीमा नै बसेर लगातार १० वर्षसम्म चस्माका फ्रेम बनाए भने त्यसपछि व्यापार विस्तार गर्दै अमेरिका, बेलायतलगायत अन्य मुलुक प्रवेश गरे। चीन, भारत, ब्राजिललगायत युरोपका विभिन्न देशमा उक्त कम्पनीले ठूला प्लान्ट स्थापना गरिसकेको छ।
८२ वर्षीय लियोनार्दोले आफ्नो भविष्यप्रति नजरअन्दाज र सही समयमा सही निर्णय गर्न सक्ने क्षमताका कारणले नै आफू सफल भएको बताउँदै आएका छन्। संघर्ष र लगानशीलतालाई उनले कहिल्यै त्यागेनन्। अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सको अर्बपतिको सुचीमा ४५औं स्थानमा छन भने इटालीका दोस्रँे धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति २२ दशमलव ३ अर्ब अमेरिकी डलर बराबर छ।

लियोनार्दो उच्च गुणस्तरका चस्मा, लेन्सलगायत आँखाका सामग्री उत्पादन गर्ने अन्तर्राष्ट्रिय कम्पनी लुक्जोटिकाका मालिक हुन्। लुक्जोटिका कम्पनीले रे वन, पर्सोल, र ओक्ली ब्रान्डका नाममा लेन्स क्राफ्टर, सनग्लास, पार्ली भिजन, सियर्स अप्टिकललगायत वस्तुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

लुक्जोटिकाका कम्पनीको विश्वभर ७ हजारभन्दा बढी अप्टिकल र सनग्लास स्टोरहरू रहेका छन्। एक गरिब परिवारमा जन्मेर, जीवनयापन गर्न नै पप्ठेरो परेपछि अनाथालय युर्याइएका तिनै लियोनार्दो डेल भेचियोको कम्पनीले अहिले विश्वभर ७३ हजारभन्दा धेरै व्यक्तिलाई रोजगारी दिएको छ। उनले आफ्नो कमाईको ठूलो हिस्सा समाज सेवामा पनि खर्चिने गरेका छन्। ८०औं जन्मदिनका अवसरमा उनले आफ्नो कम्पनीमा काम गर्ने हरेक कामदारलाई एक करोड डलर पर्ने शेयर वितरण गरेका थिए। जसले विश्वभरी नै चर्चा पाएको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्