किम र मुनले गरे कोरियाली युद्धबिरामको संयुक्त घोषणा



काठमाडौँ ।
उत्तर र दक्षिण कोरियाका नेताहरुले शुक्रबारको ऐतिहासिक शिखर वार्तामा संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन्।

उनीहरुले अबदेखि कोरियामा कुनै प्रकारको हिंसा एवम् युद्ध नहुने प्रतिबद्धता आठ करोड जनताका अघि व्यक्त गरेका छन् । हस्ताक्षरपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले भने अध्यक्ष किम जोङ उन र म कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणका लागि सहमत भएका छौँ,’ किम र मुनले हस्ताक्षर गरेको दस्तावेजलाई ‘कोरियाली प्रायद्वीपमा शान्ति, समृद्धि र एकताका लागि पान्मुन्जोम घोषणा’ नाम दिइएको छ। बैठकपछि दुवै नेता हस्ताक्षर गर्न सहमत भएको विभिन्न सञ्चामाध्यामहरुले उल्लेख गरेका छन् ।

यसका साथसाथै दुवै मुलुक एक अर्का हुने गरेको शत्रुतापूर्ण गतिविधि रोक्न, उत्तर कोरियाको सीमावर्ती सहर केसोङमा सम्पर्क कार्यालय खोल्न, सीमापार रेल तथा सडकमार्ग जोड्न र डिमिलिटराइज्ड जोनलाई शान्ति क्षेत्रको रुपमा विकास गर्न पनि सहमत भएको पनि बताइएको छ ।

त्यस्तै चीन र अमेरिकासमेतको सहभागितामा ३ र ४ पक्षीय वार्ताको पहल पनि गरिने भएको छ। साथै दुवै देशबीच शान्ति सम्झौता गरेर औपचारिक रुपमा युद्ध समाप्त गर्न पनि तयार भएका छन्। कोरियाली युद्ध अन्त्य भने औपचारीक रुपमा शान्ति सम्झौतामार्फत् गरिने उनीहरुले बताएका छन् । पान्मुन्जोमको शान्ति भवनमा मुनसँगै उभिएका किमले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई सम्बोधन गर्दै अब कोरिया एक भएर बढ्नुपर्ने बताए।

साथै दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तर कोरियाको भ्रमण गर्ने घोषणा पनि गरिएको छ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्