गोली लागि घाइते बनेका प्यालेष्टिनी पत्रकारको निधन



गाजा सिटी । दुई हप्ता पहिले इजरायली सुरक्षा फौजको गोली लागि घाइते बनेका एक १३ पत्रकारको उपचारका क्रममा बुधबार निधन भएको छ ।

पचीस बर्षीय अहमद अबु हुसेन यही अप्रिल १३ मा स्थानीय रेडियोलाई समाचार संकलनका क्रममा इजरायली सुरक्षा फौजको गोली लागि घाइते भएका थिए ।

गाजाका स्वास्थ्य मन्त्रीले तेल अभिभ नजिकै रहेको स्हेबा अस्पताललाई उद्धृत गर्दै भने,“पत्रकार हुसेनको इजरायली क्षेत्रमा रहेको एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।”
पत्रकार हुसेनका दाजु दिआ हुसेनले मृत शरीरलाई अन्त्येष्टिका लागि गाजा लेउन लागेको बताए ।

इजरायली सीमा क्षेत्रमा विगत एक महिनादेखि प्रदर्शन गर्ने क्रममा कम्तिमा ४० प्यालेष्टिनीले ज्यान गुमाएका छन् भने पाँच हजार भन्दा बढी घाइते भएका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस्