अष्ट्रियामा दुई पुस्तकको लाकापर्ण एकसाथ



काठमाडौं । अष्ट्रियाको राजधानी भियानामा एक समारोहका बीच दुई पुस्तकहरूको लोकार्पण गरिएको द्ध । पाहिलो, अर्चना थापाले सम्पादन गर्नुभएको र अक्षर क्रिएशनद्वारा प्राकाशित ‘स्व–अस्तित्वको खोज’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

त्यसैगरी नेपाली माहिलाहरूको जम्मा ३६ वटा आत्मपरक आलेखहरूको संकलनबाट १२ वटा लेख र कविताहरूको नेपालीबाट जर्मन भाषामा अनुवाद गरिएको Auf der Suche nach dem eigenen Sein: Frauen aus Nepal erzählen शीर्षकको पुस्तक लोकार्पण गरिएको छ । सो पुस्तकको अनुवाद डा योहाना बुस र डा अलका आत्रेय चूडालले गर्नु भएको हो ।

अनुवादकहरूले ‘स्व–अस्तित्वको खोज’ नेपाली पाठकहरूलाई लक्ष गरेर लेखिएको भए तापनि महिलाहरूले खुलेर, कुनै धक नमानी र सहज रूपमा आफ्ना भावना राखेको बताइएको छ । यूरोपेली पाठकहरूका लागि पनि रुचिकर पठन सामग्री हुनेछ भन्ने कुराले अनुवाद गर्न प्रेरित भएको अनबादकले बताउनुभएको छ ।

धेरै भन्दा धेरै पाठकहरूसम्म यस अनुवादलाई पुर्याउने लक्ष्य लिएको हुँदा अनुवादका निश्चित वर्गलाई लक्षित गरिएको छ । पुस्तकमा एकेडेमिक अनुवाद भन्दा पनि सबै खाले र सामान्य पाठकहरूका लागि पनि रोचक र पठनीय हुन सक्ने गरी प्रस्तुत गर्न खोजिएको छ । सो पुस्तक प्रकाशनका लागि विभिन्न व्यक्तिहरूले समेत आर्थिक सहयोग गर्नुभएको थियो ।

विमोचित दोस्रो पुस्तक लिंडा क्राइसको जर्मन भाषाको उपन्यास Der den Mond trägt हो । लिंडा क्राइस एउटी बहुमुखी कलाकार वा चित्रकार पनि हुन् । यो उनको उपन्यास नेपालमा बस्ने एउटी विदेशी युवतीको बारेमा छ, जो त्यहाँ दुई पुरुषहरूका बीचमा बाँडिएकी छे तर अंतमा उसले आत्मकेन्द्रित भएर आफ्नो लक्ष्य फेला पार्छे । उपन्यासको कथावस्तु नेपाल र काठमाडौं वरपरको छ । यी दुवै पुस्तक जर्मनी स्थित द्रौपदी प्राकाशन गृहले छापेको छ ।

कार्यक्राममा वाल्ट्राउड हुबिंगरले अलका आत्रेय चूडालको सुपरिवेक्षणमा अनुवाद गर्दै रहेको राधा पौडेलको मदन पुरस्कार विजेता ‘खलंगामा हमला’ का अंशहरू पनि पढेर सुनाइएको थियो । यस पुस्तककी लेखिका स्वयं राधा पौडेल पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा रुद्र चूडाल एवं उमेश खनालले नेपाली गीत एवं संगीतले बीच बीचमा श्रोताहरूलाई मनोरन्जन गराउनु भएको थियो । अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदी एवं उहाँकी उहाँकी धर्मपत्नीको कार्यक्रममा उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्